Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

Advertisement

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल।

दोलखा । भीमेश्वर नगरपालिका–२ मा सहकारी क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाबारे सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

भीमेश्वर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ प्रमुख अतिथि तथा भीमेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश चाकुभजीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतप्रसाद सुवेदीसहित विभिन्न बचत तथा ऋण सहकारी संस्था तथा कृषि सहकारीका अध्यक्ष, व्यवस्थापक, सचिवलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सहकारी संस्थाले भोगिरहेका समस्या, बचत तथा ऋण कारोबारमा देखिएका चुनौती, कृषि सहकारीको भूमिका, सदस्यको हित संरक्षण तथा सहकारी संस्थाबीचको समन्वयलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए।

प्रमुख अतिथि वडा अध्यक्ष स्टालिन श्रेष्ठले स्थानीयस्तरमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारी संस्थाहरूले सदस्यको विश्वास कायम गर्दै पारदर्शिता, सुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतप्रसाद सुवेदीले सहकारी क्षेत्रका समस्या समाधानका लागि सहकारी संस्था, स्थानीय तह तथा सम्बन्धित निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी सहकारीका अध्यक्ष, व्यवस्थापक तथा सचिवहरूले संस्थागत रूपमा देखिएका समस्या र चुनौतीबारे जानकारी गराउँदै सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले भीमेश्वर–२ मा रहेका सहकारी संस्थाबीच आपसी समन्वय र सहकार्य बढाउँदै सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल। दोलखा । भीमेश्वर नगरपालिका–२ मा सहकारी क्षेत्रका समस्या, चुनौती तथा ...
भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत बहादुर केसी।

भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत बहादुर केसी।

भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत बहादुर केसी। महेन्द्र श्रेष्ठ दोलखा — बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्र...
अभयपुरमा विधिपूर्वक सम्पन्न भयो यल पञ्चदान पर्व

अभयपुरमा विधिपूर्वक सम्पन्न भयो यल पञ्चदान पर्व

अभयपुरमा विधिपूर्वक सम्पन्न भयो यल पञ्चदान पर्व महेन्द्र श्रेष्ठ दोलखा — अभयपुर शहर दोलखामा परापूर्वकालदेखि धार्मिक तथा सांस्क...
आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान।

आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान।

आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान। दोलखा / श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देश...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search