Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सिन्धुली जिल्लामा सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु

Advertisement

सिन्धुली जिल्लामा सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु

फागुन २० गते दिउँसो करिब १२:५५ बजे कमलामाई नगरपालिका–४ हिरापानी नजिक बि.पि. राजमार्गमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो। बस चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी रहेका छन्।

दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए। अन्दाजी ३०/३५ वर्षका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको र पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ। घटनास्थल प्रहरी चौकी ढुङ्ग्रेबासबाट करिब १ किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ।

घटनापछि उक्त क्षेत्रमा केही समय सवारी आवागमन प्रभावित भएको थियो भने प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोत: नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस...
९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उम...
वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा...
प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search