Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

Advertisement

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा पहिलो दिन ८९ जना मोतिबिन्दुका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सिङ्गापुर निवासी Nga Alik Tee र Zhang Wen Family को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो।

शिविरको पहिलो दिन कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ।

शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरको नेतृत्वमा रहेको विशेषज्ञ तथा प्राविधिक टोलीले बिरामीहरूको शल्यक्रिया सेवा प्रदान गरेको थियो।

मौसम प्रतिकूल रहे पनि आँखाको उपचार सेवाबाट नागरिकलाई वञ्चित हुन नदिन नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले आवश्यक व्यवस्थापन, समन्वय र स्वयंसेवकीय सहयोगलाई निरन्तरता दिएको थियो। मौसमको असहज परिस्थितिका बीच पनि बिरामीहरूको उल्लेख्य सहभागिता र उपचार सेवाप्रतिको उत्साहले शिविरको महत्व थप बढाएको छ।

 

शिविरमा शल्यक्रिया गरिएका सम्पूर्ण बिरामीहरूलाई सत्य साई संगठन सिन्धुलीका अध्यक्ष उर्मिला कर्माचार्यसहितको टोलीले दूध तथा बिस्कुट वितरण गरी सहयोग गरेको थियो।

त्यसैगरी, आँखा परीक्षण तथा उपचारका लागि शिविरमा आएका बिरामीहरूलाई सहज सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूले स्वयंसेवकीय भूमिका निर्वाह गरेका थिए।

आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले स्थानीय बासिन्दालाई आफ्नै जिल्लामा विशेषज्ञ सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

आँखाको ज्योति गुम्ने जोखिममा रहेका मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियामार्फत पुनः सहज जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित शिविर सामाजिक सेवाको महत्वपूर्ण उदाहरण बनेको छ।

प्रतिकूल मौसमका बाबजुद पनि मानवीय सेवाको भावनासहित उपचार कार्यलाई निरन्तरता दिँदै बिरामीको सेवामा जुट्ने चिकित्सक, प्राविधिक टोली, सहयोगी संस्था, रेडक्रसकर्मी तथा स्वयंसेवक सबैको योगदान प्रशंसनीय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्...
स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा। महेन्द्र श्रेष्ठ / दाेलखा सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सि...
दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता

दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता

दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन नेपालीहरूको म...
कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दाेलखा/ नेपालीहरूको प्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search