Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

खेतमै पाकेर झरेका धानबाली भिजेर नष्ट हुने अवस्थामा

Advertisement

सिन्धुली समाचार / निरन्तरको असमयको वर्षाले जिल्लाभरका किसानहरूलाई ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने अन्तिम समयमा परेको वर्षाका कारण खेतमै पाकेर झरेका धानबाली भिजेर नष्ट हुने अवस्थामा पुगेका छन्। यही अवस्थाको प्रत्यक्ष अवलोकन गर्न फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल शनिबार सुम्नामबेँसी पुगेर स्थानीय किसानहरूसँग भेटघाट गरी क्षतिको अवस्थाबारे जानकारी लिएका छन्।

सुम्नामबेँसीका किसानहरूले वर्षाका कारण खेतमा पानी जमेर धान ढलेको, भिजेको र थन्क्याउन नसकिएको गुनासो गरेका छन्। केही किसानका अनुसार उत्पादनमा यस वर्ष ३० देखि ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ।

अध्यक्ष सुनुवारले किसानहरूको दुख बुझ्दै भनेकी छन्, “हामीले तत्काल स्थानीय तहबाट सम्भव सहयोगका उपायहरू खोज्दैछौं। कृषकको मेहनत खेर नजाओस् भनेर राहत र पुनःउत्पादनका योजना अघि बढाइनेछ।” उपाध्यक्ष बरालले पनि खेतमै पुगेर क्षतिको विवरण संकलन गर्दै कृषि शाखासँग समन्वय गरी आगामी वर्षका लागि वैकल्पिक रणनीति तयार गर्ने प्रतिबद्धता जनाए।

यसैबीच, फिक्कल गाउँपालिकाका विभिन्न टोलहरूमा किसानहरू अझै पनि खेतमै पानी निकास गर्ने र बाँकी धान बचाउने प्रयासमा जुटिरहेका छन्। मौसम सामान्य बन्दै गएपछि खेतमा काम गर्ने किसानहरूको व्यस्तता पुनः सुरु भएको छ।

स्थानीयहरूका अनुसार यस्ता असमयका वर्षाले वर्षेनी समस्या दोहोरिँदै आएकाले दीर्घकालीन समाधानका लागि सिँचाइ, जलनिकास प्रणाली र मौसम पूर्वानुमान सञ्जाल सुधारमा सरकार गम्भीर हुनुपर्ने माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search