Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

Advertisement

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

महेन्द्र श्रेष्ठ / दोलखा

दोलखा । दोलखाको मौलिक संस्कृति, नेपाल संवत् तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै शंखधर साख्वाः प्रतिमा निर्माण समितिका अध्यक्ष राजेन्द्र मानन्धर तथा संस्थालाई सम्मान गरिएको छ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि, भक्तपुरले एक कार्यक्रमका बीच मानन्धर तथा संस्थालाई सम्मानपत्र प्रदान गरेको हो। सम्मानसँगै सरकारले पुरस्कारस्वरूप प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ (रु. १,११,१११) को पुरस्कारसम्बन्धी पत्रसमेत प्राप्त भएको मानन्धरले जानकारी दिएका छन्।

दोलखाको मौलिक एवं ऐतिहासिक सम्पदा, नेपाल संवत् र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ। विशेषगरी ऐतिहासिक सम्पदा, मौलिक परम्परा, भाषा, संस्कृति र नेपाल संवत्सँग जोडिएका विषयको संरक्षण तथा प्रचारप्रसारमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो।

सम्मान प्राप्त भएपछि अध्यक्ष मानन्धरले यसले दोलखाको कला, संस्कृति र ऐतिहासिक सम्पदा संरक्षणको अभियानमा थप जिम्मेवारीबोध, ऊर्जा र प्रेरणा मिलेको बताएका छन्। उनले दोलखाको मौलिक पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिन सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

सम्मान तथा पुरस्कारका लागि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, सचिव बाबुकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लगायत प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सहयोगीप्रति मानन्धरले आभार व्यक्त गरेका छन्।

दोलखा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न जिल्ला हो। यहाँका मौलिक जात्रा, पर्व, भाषा, परम्परा, ऐतिहासिक मठमन्दिर तथा सम्पदाले जिल्लाको छुट्टै सांस्कृतिक पहिचान स्थापित गरेका छन्। यस्ता सम्पदाको संरक्षण र पुस्तान्तरण गर्नु वर्तमान पुस्ताको महत्वपूर्ण दायित्वसमेत हो।

नेपालको मौलिक पहिचान, इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो। यसका लागि स्थानीय समुदाय, संघसंस्था र सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक देखिन्छ।

मानन्धर तथा संस्थाले प्राप्त गरेको सम्मान र पुरस्कारले दोलखाको ऐतिहासिक सम्पदा तथा मौलिक संस्कृति संरक्षणको अभियानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत...
देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी **महेन्द्र श्रेष्ठ / दोलखा **क...
संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस...
९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search