ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । दोलखाको मौलिक संस्कृति, नेपाल संवत् तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शंखधर साख्वाः प्रतिमा निर्माण समितिका अध्यक्ष राजेन्द्र मानन्धर तथा संस्थालाई सम्मान गरिएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि, भक्तपुरले एक कार्यक्रमका बीच मानन्धर तथा संस्थालाई सम्मानपत्र प्रदान गरेको हो। सम्मानसँगै सरकारले पुरस्कारस्वरूप प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ (रु. १,११,१११) को पुरस्कारसम्बन्धी पत्रसमेत प्राप्त भएको मानन्धरले जानकारी दिएका छन्। दोलखाको मौलिक एवं ऐतिहासिक सम्पदा, नेपाल संवत्…
