कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दाेलखा/ नेपालीहरूको प्रमुख पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्षको अन्तिम दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। कोजाग्रत पूर्णिमाका अवसरमा घरघरमा महालक्ष्मीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार यस रात जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मीको कृपा प्राप्त हुने र धनधान्यले सम्पन्न हुने विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रीय विधिअनुसार गरिने बलिपूर्तिको प्रक्रिया पनि पूरा हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको…
दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा। ऐतिहासिक नगरी दोलखामा विजयादशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा उत्साहका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्त्व र नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको यस जात्राले दोलखाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ। खड्ग जात्रा दोलखाको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो। जात्राका क्रममा परम्परागत वेशभूषामा सजिएका खड्गधारीहरूले हातमा खड्ग (तरबार) लिएर विभिन्न टोल तथा धार्मिक स्थलमा नृत्य प्रस्तुत गरेका थिए। परम्परागत बाजागाजासहित प्रस्तुत गरिने खड्ग नृत्यले जात्राको रौनक बढाएको थियो। स्थानीय धार्मिक मान्यताअनुसार खड्ग जात्रालाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। जात्रासँग जोडिएका धार्मिक…
फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विजयादशमीअन्तर्गत फूलपातीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। फूलपातीको अवसरमा मन्दिरमा बोका र भालेको बलि पूजा गर्ने भक्तजनको घुइँचो लागेको थियो। भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठका अनुसार आज दिउँसो १ बजेसम्म मन्दिरमा २८४ वटा बोका र २४२ वटा भाले गरी कुल ५२६ वटा बलि पूजा गरिएको छ। दोलखा जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रबाट समेत भक्तजन तथा दर्शनार्थीहरू भीमेश्वर मन्दिरमा दर्शन र पूजाआजाका लागि आएका थिए। फूलपातीको दिन मन्दिर परिसरमा…
भैरव–कुमारी जात्रा भव्य रूपमा सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, भदौ १८ । प्राचीन सांस्कृतिक नगरी दोलखामा परापूर्वकालदेखि मनाउँदै आइएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भैरव–कुमारी (बालकुमारी) जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात् भदौ १४ गतेदेखि सुरु भएको जात्रा पाँच दिनसम्म दोलखा बजारका विभिन्न टोल, मठ–मन्दिर तथा डबलीमा रातको समयमा प्रदर्शन गरिएको थियो। विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै बिहीबार राति जात्रा विधिवत् रूपमा समापन गरिएको हो। जात्राका क्रममा भैरव, कुमारी तथा विभिन्न गणसहितका पात्रहरू परम्परागत भेषभूषा र आकर्षक मुकुन्डोमा सजिएर बाजागाजाको तालमा नाच्दै दोलखा बजारका ऐतिहासिक तथा धार्मिक स्थलहरूको परिक्रमा गरेका थिए। प्राचीन…
अभयपुरका हाँस्य कलाकार नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ : संस्कृति, अभिनय र समाजसेवाका दुई जीवन्त पात्र। लेखक : महेन्द्र श्रेष्ठ दोलखाको ऐतिहासिक तथा सांस्कृतिक शहर अभयपुर केवल मन्दिर, जात्रा, पर्व, गुठी र पुराना बस्तीका कारण मात्र परिचित छैन। यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई पुस्तौँदेखि आफ्नो कला, सिर्जनशीलता, अभिनय र हास्यव्यङ्ग्यमार्फत जीवन्त बनाउँदै आएका स्थानीय प्रतिभाहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। अभयपुरका गल्ली, चोक र जात्रामा फैलिने हाँसोभित्र यहाँको इतिहास, संस्कार, सामाजिक जीवन र मौलिक संस्कृति लुकेको पाइन्छ। यिनै स्थानीय सांस्कृतिक प्रतिभामध्ये नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ अभयपुरवासीका लागि परिचित, आत्मीय र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। समाजसेवा, सार्वजनिक जीवन र सामाजिक गतिविधिसँग…
अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै दोलखा / दोलखाको ऐतिहासिक अभयपुर सहरमा आज परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदैछ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको यो पर्व स्थानीयवासीले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइरहेका छन्। भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठका अनुसार घण्टाकर्ण पर्वलाई नकारात्मकता, अशुभता तथा विभिन्न बाधा–अवरोध हटाई सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा स्थानीयवासीले परम्परागत पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरेका छन्। “घण्टाकर्ण हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस्ता पर्वले समुदायमा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको भावना…
आज हरिशयनी (तुलसी रोप्ने) एकादशी: घर–घरमा तुलसीको मठ सारिँदै, चतुर्मास व्रत आरम्भ, भीमेश्वर मन्दिरमा ब्रतालुको घुइँचो महेन्द्र श्रेष्ठ दोलखा। आज श्रावण शुक्ल एकादशी अर्थात् हरिशयनी (तुलसी रोप्ने) एकादशी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। सनातन हिन्दू परम्पराअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यससँगै चार महिनासम्म चल्ने चतुर्मास व्रत पनि आजबाट औपचारिक रूपमा आरम्भ भएको छ। हरिशयनी एकादशीका अवसरमा घर–घरमा तुलसीको मठ सार्ने, नयाँ तुलसी रोप्ने, व्रत बस्ने तथा भगवान् विष्णुको पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन तुलसी रोप्दा घरमा सुख, शान्ति र समृद्धि आउने धार्मिक जनविश्वास छ। ऐतिहासिक तथा धार्मिक…
हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ। श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो। समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको…
भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको / चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय पुग्ने मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा दैनिक आवतजावत गर्ने सेवाग्राही, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। स्थानीयका अनुसार सामान्य वर्षा हुनासाथ सडक हिलाम्मे र जलमग्न हुने तथा घाम लाग्नेबित्तिकै धुलाम्मे बन्ने समस्या करिब एक दशकदेखि दोहोरिँदै आएको छ। जिल्लाकै प्रमुख प्रशासनिक तथा सार्वजनिक सेवा केन्द्रसम्म पुग्ने सडकको यस्तो अवस्था हुँदा सम्बन्धित निकायप्रति स्थानीयले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। यसै सडकमार्फत भीमेश्वर नगरपालिका, पशुपति चौलागाईं स्मृति अस्पताल, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, नापी कार्यालय तथा गौरीशंकर बहुमुखी क्याम्पसलगायतका…
सिठी नखतका अवसरमा सिंहबनभरी देउर देवताको विशेष पूजा, कृषि कार्यको शुभारम्भ । दोलखा, असार ५ । नेपाली समाजमा परम्परादेखि मनाइँदै आएको सिठी नखत पर्वका अवसरमा आज भीमेश्वर नगरपालिका–२, अभयपुर स्थित सिंहबनभरी देउर देवताको विशेष पूजा तथा आराधना श्रद्धापूर्वक सम्पन्न गरिएको छ। परापूर्वकालदेखि चलिआएको यस धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार स्थानीयवासीहरूले गाउँको सुख, शान्ति, समृद्धि, समयमै वर्षा तथा उर्बर खेतीपातीको कामना गर्दै देवताको पूजा–अर्चना गरी आशीर्वाद माग्ने गरेका छन्। स्थानीय जनविश्वासअनुसार सिंहबनभरी देउर देवता गाउँका रक्षक, प्राकृतिक विपत्तिबाट संरक्षण गर्ने तथा कृषि उत्पादनमा समृद्धि प्रदान गर्ने शक्तिका रूपमा पूजिने गरिन्छ। यही विश्वासका आधारमा प्रत्येक वर्ष सिठी नखतका दिन विशेष पूजा सम्पन्न गरेपछि…
