जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको चरीकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले ७५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। दोलखाकै जेठो तथा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको स्वेच्छिक योगदानबाट ७५ हजार २ सय ७७ रुपैयाँ ७३ पैसा संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयालले जानकारी दिए। संकलित रकममध्ये क्याम्पसका प्राध्यापक तथा कर्मचारीबाट ५८ हजार ३ सय १२ रुपैयाँ ७३ पैसा, एमबीएस तेस्रो सेमेस्टरका विद्यार्थीबाट ८ हजार ४ सय…
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले रसुवाका बाढीपहिरो प्रभावित नागरिकका लागि ४ लाख ५३ हजार २२९ रुपैयाँ राहत सहयोग गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुली रेडक्रसका विभिन्न समिति, उपसमिति, पालिका तथा उपशाखामार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। रकम ग्रहण…
पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, २५ भदौ । भीमेश्वर नगरपालिका–२, पाखल्तीमा जीवन विज्ञान परिषद्बाट सञ्चालित पाखल्ती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानको सभापतित्व तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूलाई कल्याणमित्र सपना श्रेष्ठले स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो। स्थापना दिवसको अवसरमा प्रयोगशालाका सचिव अजय प्रधानले वार्षिक सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष बिनु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। स्थापना दिवसकै अवसरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिताबीच प्रशिक्षक बिनु श्रेष्ठको सहजीकरणमा ‘स्वजागरण कार्यक्रम’ समेत सञ्चालन…
लायन्स क्लब अफ दोलखाद्वारा दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरण। महेन्द्र श्रेष्ठ दोलखा / सामाजिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ दोलखाले दोलखा–धुलिखेल अस्पताललाई अत्याधुनिक स्वास्थ्य परीक्षण उपकरण ‘सीएलआईए एनालाइजर (CLIA Analyzer)’ हस्तान्तरण गरेको छ। अस्पतालको प्रयोगशाला सेवाको क्षमता विस्तार गर्दै जिल्लामै गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो। अस्पतालमा आयोजित विशेष कार्यक्रममा लायन्स क्लब अफ दोलखाले उक्त उपकरण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो। सीएलआईए एनालाइजरको उपलब्धताले अस्पतालमा हुने विभिन्न प्रकारका प्रयोगशाला परीक्षणलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट जिल्लाका…
तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार महेन्द्र श्रेष्ठ तामाकोसी नदीको बीच भागमा फसेका २३ वर्षीय अभियान थामीको रातारात उद्धार सिंगटी, दोलखा । तामाकोसी नदीको बीच भागमा अलपत्र परेका कालिञ्चोक गाउँपालिका–४ का २३ वर्षीय अभियान थामीको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बिहीबार साँझ माछा मारेर घर फर्किने क्रममा नदीको बहाव बढेपछि थामी तामाकोसीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. १८ गुल्म, मनसुन प्रतिकार्य बेस सिंगटी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो। रातिको समयमा नदीको बहाव तीव्र रहे पनि…
जन्मदिनलाई सेवामै रूपान्तरण: देउरानी–जेठानी सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीद्वारा ज्येष्ठ नागरिकलाई भोजन तथा वस्त्र वितरण महेन्द्र श्रेष्ठ दोलखा, साउन १५ श्रावण १५ अर्थात् खिर खाने विशेष पर्वको अवसरमा दोलखा भीमेश्वर नगरपालिका–२ निवासी देउरानी सिर्जना जोशी चाकुबजी र जेठानी कुमारी जोशी चाकुबजीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै अनुकरणीय उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरूले चरणावती ज्येष्ठ नागरिक सेवा केन्द्र धाममा आश्रित ज्येष्ठ नागरिकहरूलाई बिहानको भोजन गराउनुका साथै लत्ताकपडा वितरण गरी जन्मदिनलाई मानव सेवाको अवसरका रूपमा मनाउनुभएको हो। व्यक्तिगत खुसीलाई समाजप्रतिको उत्तरदायित्वसँग जोड्दै गरिएको यस कार्यले करुणा, सहकार्य, सम्मान र सेवाभावको सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमका क्रममा सेवा केन्द्रमा आश्रित…
हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ। श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो। समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको…
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको अनुमानित कुल बजेट ८८ करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको थियो। नगरपालिकाले बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेसँगै विकास निर्माण तथा उत्पादनमुखी क्षेत्र, विशेषगरी कृषि क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै स्थानीय स्तरमा चासोसमेत व्यक्त हुन थालेको छ। नगरपालिकाका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५९ करोड १४ लाख ३२ हजार ९९८ रुपैयाँ, पुँजीगततर्फ २८ करोड ८५ लाख ५४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १० करोड…
हिमाल, संस्कृति र हाब्रे: रेड पाण्डाको महत्त्वपूर्ण जिल्ला दोलखा लेखक: डा. अनिता श्रेष्ठ Post Doctorate (पोष्ट–डक्टोरेट अध्ययन): रेड पाण्डा संरक्षण १. परिचय रेड पाण्डा, जसलाई नेपालीमा हाब्रे पनि भनिन्छ, नेपालको उच्च पहाडी तथा हिमाली वन क्षेत्रमा पाइने दुर्लभ र लोपोन्मुख वन्यजन्तु हो। यो प्रायः चिसो, ओसिलो, शान्त र बाँस–निगालो भएको वन क्षेत्रमा बस्न रुचाउँछ। रेड पाण्डा वनको स्वास्थ्य र हिमाली पारिस्थितिक प्रणालीको सन्तुलन देखाउने महत्त्वपूर्ण सूचक प्रजाति पनि हो। यसको संरक्षण गर्नु भनेको केवल एउटा वन्यजन्तु जोगाउनु मात्र होइन, वन, पानीका मुहान, बाँस–निगालो, चराचुरुङ्गी, वनस्पति र स्थानीय वातावरण जोगाउनु पनि हो। दोलखा हिमाल, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको…
सिठी नखतका अवसरमा सिंहबनभरी देउर देवताको विशेष पूजा, कृषि कार्यको शुभारम्भ । दोलखा, असार ५ । नेपाली समाजमा परम्परादेखि मनाइँदै आएको सिठी नखत पर्वका अवसरमा आज भीमेश्वर नगरपालिका–२, अभयपुर स्थित सिंहबनभरी देउर देवताको विशेष पूजा तथा आराधना श्रद्धापूर्वक सम्पन्न गरिएको छ। परापूर्वकालदेखि चलिआएको यस धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार स्थानीयवासीहरूले गाउँको सुख, शान्ति, समृद्धि, समयमै वर्षा तथा उर्बर खेतीपातीको कामना गर्दै देवताको पूजा–अर्चना गरी आशीर्वाद माग्ने गरेका छन्। स्थानीय जनविश्वासअनुसार सिंहबनभरी देउर देवता गाउँका रक्षक, प्राकृतिक विपत्तिबाट संरक्षण गर्ने तथा कृषि उत्पादनमा समृद्धि प्रदान गर्ने शक्तिका रूपमा पूजिने गरिन्छ। यही विश्वासका आधारमा प्रत्येक वर्ष सिठी नखतका दिन विशेष पूजा सम्पन्न गरेपछि…
