Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

साहित्य

अभयपुरका हाँस्य कलाकार नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ : संस्कृति, अभिनय र समाजसेवाका दुई जीवन्त पात्र।

अभयपुरका हाँस्य कलाकार नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ : संस्कृति, अभिनय र समाजसेवाका दुई जीवन्त पात्र।

अभयपुरका हाँस्य कलाकार नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ : संस्कृति, अभिनय र समाजसेवाका दुई जीवन्त पात्र। लेखक : महेन्द्र श्रेष्ठ दोलखाको ऐतिहासिक तथा सांस्कृतिक शहर अभयपुर केवल मन्दिर, जात्रा, पर्व, गुठी र पुराना बस्तीका कारण मात्र परिचित छैन। यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई पुस्तौँदेखि आफ्नो कला, सिर्जनशीलता, अभिनय र हास्यव्यङ्ग्यमार्फत जीवन्त बनाउँदै आएका स्थानीय प्रतिभाहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। अभयपुरका गल्ली, चोक र जात्रामा फैलिने हाँसोभित्र यहाँको इतिहास, संस्कार, सामाजिक जीवन र मौलिक संस्कृति लुकेको पाइन्छ। यिनै स्थानीय सांस्कृतिक प्रतिभामध्ये नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ अभयपुरवासीका लागि परिचित, आत्मीय र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। समाजसेवा, सार्वजनिक जीवन र सामाजिक गतिविधिसँग…
Read More
डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त दोलखा — भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीचको भगिनी सम्बन्धका प्रेरक व्यक्तित्व, नेपाली तथा मैथिली साहित्यका सशक्त साधक एवं पहाड–तराईबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएका डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। डा. विमलको २०८३ साउन २७ गते असामयिक निधन भएको हो। उहाँको निधनले नेपाली तथा मैथिली साहित्य, संस्कृति तथा विशेषगरी भीमेश्वर नगरपालिका र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ। भीमेश्वर नगरपालिकाका तर्फबाट नगर प्रमुख ईश्वरनारायण मानन्धर र नगर उपप्रमुख कमला बस्नेत तथा भीमेश्वर संस्कृति प्रतिष्ठान/मातृ विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष एवं परिवारका तर्फबाट शंकरलाल…
Read More
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ दोलखा/ नेपाली भाषा, साहित्य तथा गजल विधामा दशकौँदेखि निरन्तर सिर्जनशील साधनामा समर्पित अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष साहित्यिक समारोहमा उहाँलाई नगद ११ हजार १११ रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित उक्त पुरस्कार प्रदान गरिएको हो। दोलखा संस्कृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, शिक्षाविद्, बुद्धिजीवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गर्दै अग्रज…
Read More
नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै

नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै

नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै काठमाडौं ।  प्राचीन शहर दोलखाको भाषा, साहित्य, रीतिरिवाज तथा सांस्कृतिक परम्परालाई उजागर गर्ने उद्देश्यले दोलखा नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुने भएको छ। कालिन्चोक युवा क्लबको आयोजनामा वृत्तचित्र (डकुमेन्ट्री) सहित नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा दोलखाको भाषा, संस्कृति र परम्परासम्बन्धी विशेष प्रस्तुति समेत रहने बताइएको छ। नाटक प्रदर्शन यही वैशाख २७ गते आइतबार काठमाडौंस्थित QFX सिनेमा, राइजिङ मल, दोस्रो तल्ला, हल नं.–१ दरबारमार्गमा हुने तय गरिएको छ। कार्यक्रम बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रमको सह–आयोजकमा द्रालखा गुठी, द्रालखा न्यासमुचा खलक तथा सम्पूर्ण दोलखाली संघसंस्थाहरू रहेका छन्। आयोजकले…
Read More
नेवार भाषाका दुई कृतिको भव्य लोकार्पण: स्थानीय भाषा–साहित्य संरक्षणमा महत्वपूर्ण कदम काठमाडौं प्रधान सम्पादक महेन्द्र श्रेष्ठ दोलखा क्षेत्रको स्थानीय भाषा, संस्कृति र साहित्यिक परम्परालाई संरक्षण र विस्तार गर्ने लक्ष्यसहित तयार गरिएको द्वाल्खा नेवार भाषाका दुई महत्वपूर्ण कृतिको आज एक भव्य तथा गरिमामय समारोहका बीच लोकार्पण गरिएको छ। दोलखा साहित्यिक वृत्तमा सक्रिय योगदान पुर्‍याउँदै आएका स्रष्टा प्रा. डा. श्याम जोशीद्वारा लिखित उपन्यास ‘खोसु दुपानये निबार’ (बादलभित्रको घाम) र कथा सङ्ग्रह ‘थोँसि बोस’ दुबै कृतिले स्थानीय भाषा र साहित्यलाई नयाँ उचाइतर्फ अघि बढाउने अपेक्षा गरिएको छ। प्रमुख अतिथि बिमला निभा र प्रकाशक शारदा जोशीको विशेष उपस्थिति कार्यक्रमका प्रमुख अतिथि बिमला निभा तथा…
Read More
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपालको समकालीन साहित्यिक जगत अहिले विविधता, मौलिकता र मातृभाषामा सिर्जनात्मक लेखनको उचाइतर्फ अघि बढिरहेको छ। तर पनि, समुदाय–आधारित भाषिक साहित्यलाई निरन्तर र व्यवस्थित रूपमा अघि बढाउने लेखक दुर्लभै भेटिने परिस्थितिमा प्रा. डा. श्याम जोशीद्वारा लिखित दुलाहा (नेवार) भाषाका दुई महत्वपूर्ण कृति सार्वजनिक हुन लाग्नु स्वयंमा एउटा उल्लेखनीय उपलब्धि बनेको छ। उहाँका समकालीन नयाँ सिर्जना—उपन्यास “खोसु दुपानय निवाःर” र कथा संग्रह “थांसी बोसः”—को लोकार्पण कार्यक्रम छिट्टै हुने तयारी चलिरहेको छ। यस ऐतिहासिक अवसरको प्रमुख आतिथ्य नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति श्री विमल निभा रहने पक्का भएको छ, जसले समारोहलाई अधिक गरिमामय बनाउने विश्वास गरिएको छ। यी दुई कृतिहरू दुलाहा (नेवार) भाषाको गहिरो संरचना,…
Read More
दिपावलीको पर्व तिहार

दिपावलीको पर्व तिहार

बडादशैंपछि नेपाली जनताको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ, जसको शाब्दिक अर्थ ‘बत्तीका पङ्क्ति’ हो। यो पर्व कार्तिक (नोभेम्बर) मा पर्छ। दीपावली शब्द दुई सरल शब्दहरूबाट बनेको हो, 'दीपा' जसको अर्थ उज्यालो र 'अवली' भनेको पङ्क्ति हो। यसरी, दीपावली शब्दको अर्थ बत्तीहरूको पङ्क्ति हो। यसकारण यस पर्वमा मानिसहरूले आफ्नो घर अगाडि बत्ती बाल्छन्। नेपालका सबै परम्परागत चाडहरूमा तिहार सबैभन्दा रमाइलो हुन्छ। इतिहासकार डेनिसन रोस्का अनुसार घर र पसलमा बत्ती बाल्ने प्रचलन भनेको उज्यालो र सरसफाइमा मन पराउने धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने हो ।   यस पर्वको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। एक किंवदन्ती अनुसार यो पर्व राजा महाबलीको…
Read More
दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

 – प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु  बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् ।  केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
Read More
जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

                  -प्रा. डा. श्याम  जोशी दसैं त्यसै पनि रमाइलो चाड हो। त्यस्माथी दिनहुँ मासु खान पाइने र नयाँ लुगा लगाउन पाइने भएकोले बाल्यकालमा राम लगायत दोलखा सहरका केटाकेटीहरूलाई  दसैंको व्यग्र प्रतीक्षा ह्न्थ्यो।उस्बेला चाडपर्व बाहेक अरु बेला मासु पाइदैन थियो।लुगा पनि भए सम्म पुरानै टालेर लगाउने चलन थियो।त्यसैले केटाकेटीहरु लाई त रोमान्चक हुन्थ्यो दसैं शब्द नै पनि। रामको बुबा तानसेनमा कार्यरत हुनुहुँदा भारतको नौतनवा बजार बाट लुगा किनेर पठाइ दिनु हुन्थ्यो। उनले छाँट परेको राम्रो लुगा अरुको आँखा लाग्ने गरि लगाउँथ्यो ।बुबा सेवानिवृत्त हुनु भए पछि गाउँको  बजार मै किन्नु पर्ने भयो ।…
Read More
अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

डा. श्याम जोशी बडादशैं अस्टमिको दिन थियो। बिहानै अष्टमानले आफ्नी श्रीमतीलाई बिस्तारै भने -” दशै लाई १/२ धार्नी मासु लिनु पर्ने, धेरै लाई भनी सकें , उधारो कसैले दिन मान्दैनन् ।आफू संग एक पैसा पनि छैन ।चाडपर्व आएको गरिबको लागि दशानै हो”। पतिको कुरा सुने पछि पत्नी धनमायाले भनिन – “दशैमा अरुले खाएको देखे पछि केटाकेटीहरूले मन थाम्न सक्तैनन।नयाँ लुगा हाली दिन नसके पनि अलि अलि भयनी मासु खुवाएर चित्त बुझाउनु पर्छ । १/२ धार्नी मासु जो संग भय पनि लिआउनुस, पछि पछि आफूले नखाएर भए पनि चिउरा, चामल बेची तिरी दिउंला”। उनीहरुका दुई जना छोरा र दुई जना छोरी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search