३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने। दाेलखा/ दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फिर्ता भएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा विभिन्न निकाय र सम्पदा संरक्षणकर्मीहरूको निरन्तर प्रयासपछि नेपाल फर्किएको हो। अब उक्त मूर्तिलाई असार ४ गते विशेष कार्यक्रमका साथ दोलखा ल्याइने तयारी गरिएको छ। नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिमण्डलले राष्ट्रिय संग्रहालय, छाउनीसँग समन्वय गरी मूर्ति दोलखा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया…
दाेलखा १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । उहाँले सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिनुभएको थियो । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान,…
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९०…
-काठमाण्डौ समाचारदाता काठमाडौं, वैशाख ११ — भारतको जम्मु कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा परी रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको छ। गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन्। इन्जिनियरिङ अध्ययन गरिरहेका सुदीप न्यौपाने आमा सँगै घुमघामका लागि पहलगाम गएका थिए। सोही क्रममा उनी आतङ्ककारी हमलाको चपेटामा परेका थिए। उक्त घटनामा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतका विभिन्न राज्यका नागरिकहरूसहित २६ जनाले ज्यान गुमाएका छन्। घटनाबारे थप विवरण संकलनको प्रक्रिया जारी रहेको गृहमन्त्री लेखकले जानकारी दिएका छन्। सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
२०८२ वैशाख ०९, दोलखा - दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो। अदालतले दिएको फैसलामा भनिएको छ, "आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा…
-काठमाण्डौ समाचारदाता ४ फागुन २०८१ (१६ फेब्रुअरी २०२५)। खोटाङ्ग हलेसीमा आज ठूलो आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलमा आगो लागेको हो, जहाँ खाना पकाउने ग्याससहित थुप्रै ग्यास सिलिण्डर राखिएका थिए। आगो लागेको समय सिलिन्डरहरूको विस्फोट हुन थाल्यो, जसका कारण आगो अझै बढिरहेको छ। स्थानीयका अनुसार केही सिलिन्डरहरू अहिले पनि पड्किन थालेका छन्। पसलमा हार्डवेयरका सामानहरू पनि थुपारिएका थिए, र ती सामानहरू पनि आगोले नष्ट गरेको छ। पानी अभावका कारण आगो नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ। आगोका लप्टाहरू फैलिने र बजारका अन्य घरमा पनि पुग्ने खतरा छ, जसले स्थानिय बासिन्दा र व्यवसायीहरूमा ठूलो चिन्ता उत्पन्न गरेको छ। स्थानीयवासीहरूले…
माघ ३ दोलखा । देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन सरकारले आउँदा आर्थिक बर्षबाट जनताले अपेक्षा गरेकाे कार्यक्रम ल्याउने जनाएको छ । विगतकाे सरकारले जनमुखी कार्यक्रम ल्याउन नसक्दा निरास बनेका नागरिकको भावनालाई आत्मसात गर्दै बर्तमान सरकारले नयाँ आवमा जनमुखी याेजना ल्याउने नेकपा एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले बताए। दाेलखाकने चरिकोट प्रेस चाैतारी नेपाल दाेलखा बाट आयाेजित पत्रकार सम्मेलनमा तत्कालीन पुर्ब पर्यायटन मन्त्री एमाले सचिव भट्टराई ले भने बिगतकाे सरकारकाे ३५ अरब दायित्व तिरेकाे र अझै तिर्नुपर्ने भएकोले आउदाे आर्थिक बर्षबाट मात्र नयाँ कार्यक्रम जनतामा पस्कने छाै । यिनै कारण अपेक्षा अनुरूप काम गर्न नसकेको…
-महेन्द्र श्रेष्ठ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ । उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा…
- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रामक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । निर्वाचनलाई लक्षित गरी विना आधार गतल र अपुष्ट समाचार संप्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाग्री तयार पारी भ्रम शिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको…
