Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने!

Advertisement

३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने।

दाेलखा/ दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फिर्ता भएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा विभिन्न निकाय र सम्पदा संरक्षणकर्मीहरूको निरन्तर प्रयासपछि नेपाल फर्किएको हो। अब उक्त मूर्तिलाई असार ४ गते विशेष कार्यक्रमका साथ दोलखा ल्याइने तयारी गरिएको छ।

नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिमण्डलले राष्ट्रिय संग्रहालय, छाउनीसँग समन्वय गरी मूर्ति दोलखा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भइसकेपछि मूर्तिलाई विधिपूर्वक दोलखा ल्याइने जनाइएको छ।

वि.सं. २०५०–२०५१ सालतिर गुर्कोटस्थित नक्छे प्रधान खलकको कुलघरबाट चोरी भएका दुईवटा हाथ्व (आकाश भैरव) मूर्तिमध्ये एक मूर्ति अमेरिकासम्म पुगेको अनुसन्धानबाट खुल्न आएको थियो। त्यसपछि अमेरिकास्थित नेवाः गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षण अभियानमा सक्रिय विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा मूर्ति पहिचान, खोजी र फिर्ता ल्याउने अभियान सञ्चालन गरिएको थियो। लामो प्रयासपछि मूर्ति नेपाल फिर्ता ल्याउन सफलता प्राप्त भएको हो।

यस विषयमा जानकारी दिँदै सामाजिक अभियन्ता महेन्द्र प्रधानले आकाश भैरव मूर्तिको पुनरागमन केवल एउटा धार्मिक मूर्ति फिर्ता हुनु मात्र नभई दोलखाको ऐतिहासिक गौरव, सांस्कृतिक सम्पदा र पुर्खाहरूको आस्थाको सम्मान पुनःस्थापित हुनु भएको बताउनुभयो। उहाँका अनुसार वर्षौंअघि हराएको सम्पदा आफ्नै स्थानमा फर्किनु सम्पूर्ण दोलखावासीका लागि खुसी र गर्वको विषय हो।

उहाँले मूर्ति फिर्ता ल्याउन देश तथा विदेशमा रहेका सम्पदा संरक्षणकर्मी, अभियन्ता, विभिन्न संघसंस्था तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सम्पदा संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, भविष्यमा यस्ता अमूल्य सांस्कृतिक सम्पदाको सुरक्षा र संरक्षणमा थप सचेत हुनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो।

मूर्ति फिर्ता अभियानमा सक्रिय युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठले करिब डेढ वर्षको निरन्तर पहल, समन्वय र अनुसन्धानपछि यो सफलता हासिल भएको बताउनुभएको छ। उहाँले सम्पदा संरक्षणका लागि स्थानीय समुदायको सक्रियता र अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।

यसअघि पनि दोलखाको कोर्छे श्रेष्ठ खलकको बज्र इन्द्रराजा मूर्ति विदेशबाट स्वदेश फिर्ता ल्याउन सफलता मिलेको थियो। एकै वर्ष दोलखाका दुई महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक सम्पदा स्वदेश फर्कनु जिल्लाको सम्पदा संरक्षण इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आकाश भैरव मूर्तिको पुनरागमनले दोलखाको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search