Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मेलुङको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा अनियमितता : अध्यक्षसहित चार जनालाई कारबाही, ६–६ महिना कैद र ३२ लाख बढी बिगो माग

Advertisement

 २०८२ वैशाख ०९, दोलखा दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ।

अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो।

अदालतले दिएको फैसलामा भनिएको छ, “आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा देखिएको वित्तीय अपारदर्शिताले उनीहरूको संलग्नता पुष्टि गर्दछ।”

सहकारीका सदस्यहरूले दिएको उजुरीपछि यो प्रकरणको अनुसन्धान अगाडि बढाइएको थियो। उजुरीकर्ताहरूले नियमित रूपमा रकम फिर्ता नपाएको, संस्थाले पारदर्शी रूपमा हिसाबकिताब नगरेको, र आन्तरिक लेखापरीक्षणसमेत लापरबाहीपूर्वक गरिएको भन्दै गुनासो गरेका थिए।

यस फैसलाले सहकारी क्षेत्रमा देखिएको अस्वस्थ अभ्यास र आर्थिक अनुशासनको कमीप्रति जनचासो फेरि एकपटक तानिएको छ। स्थानीयबासीले अदालतको यो कदमलाई स्वागत गर्दै सहकारी क्षेत्रलाई पारदर्शी र विश्वासिलो बनाउने दिशातर्फको सकारात्मक प्रयासको रुपमा लिएका छन्।

हाल फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन हुने सम्भावना रहेको श्रोतले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search