शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

गण्डकी प्रदेश

जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने  छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्। यसैगरी…
Read More
उपचुनावको परिणाम र शिक्षा

उपचुनावको परिणाम र शिक्षा

-महेन्द्र श्रेष्ठ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको  परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ । उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए ।  त्यसपछि दोश्रोमा…
Read More
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
आज काग तिहार

आज काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु…
Read More
शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

६ कात्तिक, दोलखा । आइतबार र सोमबार घटेको शेयर बजार आज २५.८८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से बढेसँगै २६६५ मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा आज घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड कारोबार भएकोमा यस दिन ४ अर्ब १७ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र…
Read More
चुडामणि स्तम्भ (चुल्काप्सीँ) सिन्धुलीबाट दोलखा भीमेश्वर सम्मको यात्रा

चुडामणि स्तम्भ (चुल्काप्सीँ) सिन्धुलीबाट दोलखा भीमेश्वर सम्मको यात्रा

-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष) https://youtu.be/BP3p-uwGYfQ दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै…
Read More
आज आश्विन शुक्लपक्ष त्रयोदशी टिका र जमरा लगाउने क्रम निरन्तर

आज आश्विन शुक्लपक्ष त्रयोदशी टिका र जमरा लगाउने क्रम निरन्तर

२९ असोज,दोलखा । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका…
Read More
आजदेखि सरकारीसहितका कार्यालयहरू खुल्दै

आजदेखि सरकारीसहितका कार्यालयहरू खुल्दै

२९ असोज २०८१, दोलखा । दशैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमासम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ। यस वर्ष असोज ३० गते अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।…
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश

२८ चैत्र, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि गरेको आह्वानको समय नसकिँदै भएको नियुक्ति र सभामुखको समेत गणना गरिएको भन्ने निवेदनको मागमा संवैधानिक व्याख्या जरूरी भएकाले अहिलेका लागि उनलाई सामान्य काममात्र गर्न आदेश दिएको इजलासले जनाएको छ। सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि…
Read More
गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय  अदालत जाने संकेत

गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय अदालत जाने संकेत

२५ चैत्र, गण्डकी - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्री पदमा नियुक्त गर्दै अपराह्न शपथ गराएका हुन्। गण्डकी सरकारमा नेकपा (माओवादी केन्द्र) बाट संसदीय दल नेता हरिबहादुर चुमान र नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका राजीव गुरूङ (दीपक मनाङ्गे) पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्। अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई जोडेर सरकार बनाउन आवश्यक बहुमत अर्थात ३१ जनाको समर्थन छ भन्दै आइतबार मुख्यमन्त्री दाबी गरेका थिए। अधिकारीको दाबी कानुनी परीक्षणसमेत नगरी प्रदेश प्रमुख भट्टले तुरून्त मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दिएको समय चैत २७…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search