हिमाल, संस्कृति र हाब्रे: रेड पाण्डाको महत्त्वपूर्ण जिल्ला दोलखा लेखक: डा. अनिता श्रेष्ठ Post Doctorate (पोष्ट–डक्टोरेट अध्ययन): रेड पाण्डा संरक्षण १. परिचय रेड पाण्डा, जसलाई नेपालीमा हाब्रे पनि भनिन्छ, नेपालको उच्च पहाडी तथा हिमाली वन क्षेत्रमा पाइने दुर्लभ र लोपोन्मुख वन्यजन्तु हो। यो प्रायः चिसो, ओसिलो, शान्त र बाँस–निगालो भएको वन क्षेत्रमा बस्न रुचाउँछ। रेड पाण्डा वनको स्वास्थ्य र हिमाली पारिस्थितिक प्रणालीको सन्तुलन देखाउने महत्त्वपूर्ण सूचक प्रजाति पनि हो। यसको संरक्षण गर्नु भनेको केवल एउटा वन्यजन्तु जोगाउनु मात्र होइन, वन, पानीका मुहान, बाँस–निगालो, चराचुरुङ्गी, वनस्पति र स्थानीय वातावरण जोगाउनु पनि हो। दोलखा हिमाल, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको…
नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै काठमाडौं । प्राचीन शहर दोलखाको भाषा, साहित्य, रीतिरिवाज तथा सांस्कृतिक परम्परालाई उजागर गर्ने उद्देश्यले दोलखा नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुने भएको छ। कालिन्चोक युवा क्लबको आयोजनामा वृत्तचित्र (डकुमेन्ट्री) सहित नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा दोलखाको भाषा, संस्कृति र परम्परासम्बन्धी विशेष प्रस्तुति समेत रहने बताइएको छ। नाटक प्रदर्शन यही वैशाख २७ गते आइतबार काठमाडौंस्थित QFX सिनेमा, राइजिङ मल, दोस्रो तल्ला, हल नं.–१ दरबारमार्गमा हुने तय गरिएको छ। कार्यक्रम बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रमको सह–आयोजकमा द्रालखा गुठी, द्रालखा न्यासमुचा खलक तथा सम्पूर्ण दोलखाली संघसंस्थाहरू रहेका छन्। आयोजकले…
हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर, काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।…
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु…
११ कार्तिक २०८१, दोलखा । यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ । सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर…
१० कांर्तिक, दोलखा । भिमेश्रर नगरपालिका वडा नं-२, त्रिपुरा सुन्दरी मार्ग, दुङ्गलमा कार्यालय रहेको त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि भीमेश्वर नगरपालिकाका सहकारी विभाग अधिकृत श्री नारायण शेढाइ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्री यशोदा पौडेल, जिल्ला सहकारी संघ लि. दोलखाका उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल तथा भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष श्री रमेश कुमार चाकुबजी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । आज साधारणसभामा संस्थाका अध्यक्ष…
– प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् । केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
-भरत बहादुर श्रेष्ठ/महेन्द्र श्रेष्ठ २४ असोज २०८१, दोलखा ।महाअष्टमीलाई दोलखा भाषामा नखतः भन्ने गरिन्छ । विहानै राइतीमा ब्राह्मण, देवीकोटको पुजारी, डमरु, लगायत अन्य कुल्याणको थाकतीहरु बाजागाजा सहित जम्मा हुन्छन् । कन्यकेटा (बर्तवन्ध नगरेको) बालकलाई सिङ्गार पटार गरेर ल्याएको हुन्छ । त्रिपुरासुन्दरीका पुजारी र ब्राह्मणले र राइती धारामाथी विशेष पूजा आजा गरिसकेपछि कन्यकेटालाई एक तिर पुजारीले अर्कोतिर डमरुले समातेर चोखो पानी थाप्न लगाउछन् । त्यस पछि सबैले थाप्ने गर्दछन् । सबै आ–आफ्नो कुल्याणमा फर्कन्छन् भने देवीकोटको पुजारी र डमरुले कन्यकेटालाई दुवैतिर समातेर देवीकोट तिर बाजागाजाका साथ जान्छन् । त्यस पछि सदाझैँ सम्पूर्ण देवस्थल तथा कुल्याणहरुमा बाजा बजाइन्छ । यस दिन दोलखाका…
२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
