महेन्द्र श्रेष्ठ दोलखा — २०८२ मंसिर १५ नेपालका प्रधान सेनापति अशोकराज सिक्देल आज विहान ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मूल्यले अत्यन्त महत्वपूर्ण मानिने दोलखा नगरको भीमेश्वर मन्दिरमा विशेष पूजा–अर्चना गर्न पुग्नुभएको छ। प्राचीन धार्मिक सम्पदाको संरक्षण र सम्मानको सन्देश पनि बोकेको उहाँको यो यात्रा स्थानीय समुदायले विशेष उत्साहका साथ स्वागत गरेको देखिन्थ्यो। विहान ठीक ८:०० बजे सेनापति सिक्देल मन्दिर परिसरमा प्रवेश गर्नुभयो। भीमेश्वर महादेवको दर्शन गर्दै उहाँले विशेष पूजा, रुद्राअभिषेक (रुद्री) तथा धार्मिक संस्कारअनुरूप विभिन्न अनुष्ठानहरू सम्पन्न गर्नुभयो। पूजा क्रममा मन्दिर परिसरमा विधिवत् वैदिक मन्त्र उच्चारण, संस्कारिक पद्धति र शान्त वातावरणले उहाँको भ्रमणलाई अझ अर्थपूर्ण बनायो। रुद्री पूजा सम्पन्न गरेपछि सेनापति…
१५ वैशाख २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत स्वाक्लोमा आगामी वैशाख २० र २१ गते तेस्रो संस्करणको ‘रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। स्वाक्लो पर्यटन विकास समाजको आयोजनामा, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र स्थानीय तहको सहकार्यमा हुन गइरहेको यस महोत्सवले स्वाक्लोको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने लक्ष्य राखेको छ। महोत्सवमा ४२० मिटर अग्लो गुमडाँडाको भीर प्रयोग गरी रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिनेछ। सहभागीले रु. १,००० शुल्क तिरेर प्रतियोगितामा भाग लिन सक्नेछन् भने विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै, २५/२५ मिटरका दुई रक…
हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु…
१ कात्तिक २०८१, दोलखा । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायु बागमती, कोशी तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार मधेशका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।त्यसैगरी गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष) https://youtu.be/BP3p-uwGYfQ दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै…
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
