Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पालिका

लायन्स क्लब अफ दोलखाद्वारा दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरण।

लायन्स क्लब अफ दोलखाद्वारा दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरण।

लायन्स क्लब अफ दोलखाद्वारा दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरण। महेन्द्र श्रेष्ठ दोलखा / सामाजिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ दोलखाले दोलखा–धुलिखेल अस्पताललाई अत्याधुनिक स्वास्थ्य परीक्षण उपकरण ‘सीएलआईए एनालाइजर (CLIA Analyzer)’ हस्तान्तरण गरेको छ। अस्पतालको प्रयोगशाला सेवाको क्षमता विस्तार गर्दै जिल्लामै गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो। अस्पतालमा आयोजित विशेष कार्यक्रममा लायन्स क्लब अफ दोलखाले उक्त उपकरण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो। सीएलआईए एनालाइजरको उपलब्धताले अस्पतालमा हुने विभिन्न प्रकारका प्रयोगशाला परीक्षणलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट जिल्लाका…
Read More
आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान।

आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान।

आज नागपञ्चमीः घर–घरमा नागको पूजा, आस्था र प्रकृतिप्रतिको सम्मान। दोलखा / श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर धार्मिक श्रद्धा, परम्परा र सांस्कृतिक विश्वासका साथ मनाइँदैछ। यस वर्ष अधिकमासका कारण नागपञ्चमी भदौ १ गते परेको हो। नागपञ्चमीका अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरको मूलढोकामाथि नागको चित्र वा फोटो टाँसेर विधिपूर्वक पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ। घरको ढोकामा नागको चित्र टाँस्दा नाग, सर्प, बिच्छी लगायतका घिस्रने जीवबाट हुने भय हट्ने तथा अग्नि, मेघ र चट्याङबाट समेत सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। बिहानै स्नान गरी शुद्ध भएर नागको पूजा गर्ने, दूध, अक्षता, दुबो, फूल, धूप, दीप, खीर तथा रोटी लगायतका…
Read More
डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त दोलखा — भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीचको भगिनी सम्बन्धका प्रेरक व्यक्तित्व, नेपाली तथा मैथिली साहित्यका सशक्त साधक एवं पहाड–तराईबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएका डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। डा. विमलको २०८३ साउन २७ गते असामयिक निधन भएको हो। उहाँको निधनले नेपाली तथा मैथिली साहित्य, संस्कृति तथा विशेषगरी भीमेश्वर नगरपालिका र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ। भीमेश्वर नगरपालिकाका तर्फबाट नगर प्रमुख ईश्वरनारायण मानन्धर र नगर उपप्रमुख कमला बस्नेत तथा भीमेश्वर संस्कृति प्रतिष्ठान/मातृ विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष एवं परिवारका तर्फबाट शंकरलाल…
Read More
गरुडदल गणको वार्षिकोत्सवमा हरियाली अभियान, चरिकोट–कालिञ्चोक सडकखण्डमा वृक्षारोपण

गरुडदल गणको वार्षिकोत्सवमा हरियाली अभियान, चरिकोट–कालिञ्चोक सडकखण्डमा वृक्षारोपण

गरुडदल गणको वार्षिकोत्सवमा हरियाली अभियान, चरिकोट–कालिञ्चोक सडकखण्डमा वृक्षारोपण चरिकोट, दोलखा /नेपाली सेनाको गरुडदल गणले आफ्नो १४६औँ वार्षिकोत्सवको अवसर पारेर दोलखामा वृक्षारोपण तथा वातावरण संरक्षण अभियान सञ्चालन गरेको छ। वार्षिकोत्सवको अवसरमा भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन तथा भुतपोखरी क्षेत्रमा वृक्षारोपण गरिएको हो। शुक्रबार बिहान सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, जिल्ला प्रशासन, न्यायालय तथा वन कार्यालयका प्रमुखसहित स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला अदालत दोलखाका प्रमुख न्यायाधीश मणिराम न्यौपाने, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी तथा गरुडदल गणका गणपति प्रमुख सेनानी लोकसागर कटुवालको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक…
Read More
इन्जिनियर श्यामचन्द्र श्रेष्ठ : प्राविधिक दक्षता, सामाजिक सेवा र राजनीतिक यात्राको परिचय।

इन्जिनियर श्यामचन्द्र श्रेष्ठ : प्राविधिक दक्षता, सामाजिक सेवा र राजनीतिक यात्राको परिचय।

दोलखा जिल्लाको सदरमुकाम दोलखा बजारमा जन्मिएका इन्जिनियर श्यामचन्द्र श्रेष्ठ एक कुशल प्राविधिक, युवा समाजसेवी तथा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्। सरल स्वभाव, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वका कारण उहाँले छोटो समयमै दोलखावासीको मन जित्न सफल हुनुभएको छ। पेसाले वरिष्ठ इन्जिनियर रहेका श्रेष्ठले देशको पूर्वाधार विकास, निर्माण तथा प्राविधिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ। इन्जिनियरिङ क्षेत्रमा काम गर्दै उहाँले विभिन्न विकास निर्माणका योजना तथा परियोजनाहरूमा आफ्नो दक्षता प्रस्तुत गर्नुभएको छ। उहाँको काम गर्ने शैली पारदर्शी, जिम्मेवार र परिणाममुखी रहेको सहकर्मीहरू बताउँछन्। इन्जिनियरिङ पेशासँगै उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ। दोलखाका युवालाई संगठित गर्ने, सामाजिक जागरणका कार्यक्रम…
Read More
वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्ठ सिन्धुली । कमलामाई नगरपालिका ले जीर्ण अवस्थामा रहेको स्टल बजारमा शुक्रबार डोजर चलाएको छ । नगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन निर्देशन दिएका स्टल बजारका ४८ वटा सटर भत्काउने काम शुक्रबार दिउँसो १ बजेदेखि सुरु गरिएको हो । नगरपालिकाले केही दिनअघि नै स्टल बजार खाली गर्न सूचना जारी गरेको थियो । बुधबार अन्तिम सूचना प्रकाशित भएपछि व्यवसायीहरू सामान व्यवस्थापन गर्न बाध्य बनेका थिए । शुक्रबार डोजर पुगेसँगै वर्षायामकै बीच ४६ जना व्यवसायी विस्थापित भएका छन् । वर्षाको समय भएकाले तत्काल व्यवसाय स्थानान्तरण…
Read More
सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन। महेन्द्र श्रेष्ठ दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता समूहको छैटौँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै वन संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा वडा अध्यक्ष स्टालीन श्रेष्ठ, जिल्ला वन महासंघका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सबैको समान जिम्मेवारी रहने बताएका थिए । वक्ताहरूले पछिल्लो समय वन क्षेत्र संरक्षणसँगै वातावरणीय…
Read More
दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु     आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ?

दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ?

दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ? महेन्द्र श्रेष्ठ दोलखा जिल्लाका ९ वटै स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांकअनुसार स्थानीय तहहरूमा आर्थिक अनुशासन, योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीमा विभिन्न कमजोरी देखिएको हो । प्रतिवेदनअनुसार कानुनी प्रक्रिया पूरा नगरी खर्च गर्ने, आवश्यक कागजात संलग्न नगर्ने, सम्झौताअनुसार काम सम्पन्न नगरी भुक्तानी दिने, खरिद प्रक्रिया पारदर्शी नबनाउने तथा अनुगमन प्रभावकारी रूपमा नगरेका कारण बेरुजु रकम बढ्दै गएको देखिएको छ । स्थानीय तहमा विकास निर्माणका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि…
Read More
द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने

द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने

द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने। महेन्द्र श्रेष्ठ काठमाडौं । दोलखाको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले द्वाल्ख भाषाको नाटक “मिसामी” काठमाडौंस्थित Rising Mall को सिनेमा हलमा भव्य रूपमा प्रदर्शन गरिएको छ। प्रज्ञा–तुलसी दिवसको अवसर उक्त कार्यक्रममा दोलखा तथा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य दर्शक सहभागिता रहेको थियो। कार्यक्रममा भाषाविद् प्रा. डा. दानराज रेग्मी, इतिहासकार टेकबहादुर श्रेष्ठ, नेवारी संस्कृतिविद् प्रा. डा. चुन्डा बज्राचार्य, पूर्व उपकुलपति शिलु बज्राचार्य तथा नेवा देय दबूका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो। अतिथिहरूले दोलखाको भाषा र संस्कृतिलाई जोगाइराख्न यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका…
Read More
आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक।

आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक।

आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक। महेन्द्र श्रेष्ठ दोलखाको/ व्यापारिक क्षेत्र फेरि एकपटक नयाँ मोडमा उभिएको छ । उद्योग, व्यापार र उद्यमको भविष्य कसले सम्हाल्ने भन्ने बहस सुरु भएसँगै अहिले व्यवसायीहरूबीच एउटा नाम निकै चर्चामा छ — दिनेश पाठक ।  वर्षौंदेखि व्यवसायीहरूको सुख–दुःखमा साथ दिँदै सङ्घको यात्रासँग जोडिनुभएका पाठक अब दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि मैदानमा उत्रिनुभएको छ । उहाँको उम्मेद्वारी केवल पद प्राप्तिको चाहना होइन, निराश बन्दै गएको व्यापारिक क्षेत्रलाई फेरि उठाउने, व्यवसायीहरूमा हराउँदै गएको आत्मविश्वास फर्काउने र बजारमा नयाँ आशा जगाउने प्रयासका रूपमा हेरिएको छ । पछिल्ला केही वर्ष दोलखाको व्यापारिक क्षेत्रले असाध्यै कठिन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search