Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

Advertisement

डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त

दोलखा — भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीचको भगिनी सम्बन्धका प्रेरक व्यक्तित्व, नेपाली तथा मैथिली साहित्यका सशक्त साधक एवं पहाड–तराईबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएका डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

डा. विमलको २०८३ साउन २७ गते असामयिक निधन भएको हो। उहाँको निधनले नेपाली तथा मैथिली साहित्य, संस्कृति तथा विशेषगरी भीमेश्वर नगरपालिका र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ।

भीमेश्वर नगरपालिकाका तर्फबाट नगर प्रमुख ईश्वरनारायण मानन्धर र नगर उपप्रमुख कमला बस्नेत तथा भीमेश्वर संस्कृति प्रतिष्ठान/मातृ विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष एवं परिवारका तर्फबाट शंकरलाल श्रेष्ठले संयुक्त रूपमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

यसैबीच, भीमेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले पनि डा. राजेन्द्र विमलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँलाई जनकपुर–दोलखाको सांस्कृतिक सम्बन्धका सेतु, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका संस्थापक तथा डा. राजेन्द्र विमल प्रतिष्ठानका संस्थापकका रूपमा स्मरण गर्नुभएको छ।

राउतले डा. विमलसँगको सान्निध्यमा नेपाली र मैथिली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले अघि बढाउनुभएको राष्ट्रिय अखण्डता तथा सांस्कृतिक अन्तरघुलनको अभियानलाई निरन्तरता दिनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ।

डा. विमलले नेपाली र मैथिली साहित्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा पहाड–तराईको सांस्कृतिक अन्तरसम्बन्धलाई प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँकै योगदान र पहलसँग जोडिएको भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीचको भगिनी सम्बन्धले दुई क्षेत्रबीचको सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाएको थियो।

साहित्य, संस्कृति र सामाजिक एकताको माध्यमबाट दुई भूगोल, समुदाय र भावनालाई जोड्ने महत्वपूर्ण व्यक्तित्व गुमाउँदा नेपाली तथा मैथिली साहित्यिक–सांस्कृतिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना भएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

डा. राजेन्द्र विमलप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

स्रोत: भीमेश्वर नगरपालिका तथा वरिष्ठ इन्जिनियर सुरेश राउतको श्रद्धाञ्जली सन्देश।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद...
महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search