Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक।

Advertisement

आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक।

महेन्द्र श्रेष्ठ

दोलखाको/ व्यापारिक क्षेत्र फेरि एकपटक नयाँ मोडमा उभिएको छ । उद्योग, व्यापार र उद्यमको भविष्य कसले सम्हाल्ने भन्ने बहस सुरु भएसँगै अहिले व्यवसायीहरूबीच एउटा नाम निकै चर्चामा छ — दिनेश पाठक ।

 वर्षौंदेखि व्यवसायीहरूको सुख–दुःखमा साथ दिँदै सङ्घको यात्रासँग जोडिनुभएका पाठक अब दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि मैदानमा उत्रिनुभएको छ ।

उहाँको उम्मेद्वारी केवल पद प्राप्तिको चाहना होइन, निराश बन्दै गएको व्यापारिक क्षेत्रलाई फेरि उठाउने, व्यवसायीहरूमा हराउँदै गएको आत्मविश्वास फर्काउने र बजारमा नयाँ आशा जगाउने प्रयासका रूपमा हेरिएको छ ।

पछिल्ला केही वर्ष दोलखाको व्यापारिक क्षेत्रले असाध्यै कठिन समय भोग्यो । कोभिड–१९ को महामारीले बजार सुनसान बनायो, आर्थिक मन्दीले कारोबार खस्कियो, बैंकको चर्को ब्याजदरले व्यवसायीहरूलाई झन् थिच्दै लग्यो । कतिपय उद्यमीले आफ्ना सपनाहरू बन्द पसलसँगै थन्क्याउन बाध्य भए ।

बजारमा पहिलेको चहलपहल हराउँदै गयो, व्यवसायीहरूको अनुहारमा निराशा बढ्दै गयो ।

यही कठिन घडीमा व्यवसायीहरूको माझमै रहेर उनीहरूको समस्या सुन्ने, पीडा बुझ्ने र समाधानका लागि पहल गर्ने व्यक्तिका रूपमा दिनेश पाठकलाई धेरैले अनुभव गरेका छन् । त्यसैले अहिले उहाँको उम्मेद्वारीलाई धेरै व्यवसायीहरूले “आशा र भरोसाको उम्मेद्वारी” का रूपमा हेर्न थालेका छन् ।

भिलेज खबरसँग कुराकानी गर्दै पाठकले भावुक हुँदै भन्नुभयो,

“दोलखाको बजार केवल व्यापार गर्ने ठाउँ मात्र होइन, हजारौं परिवारको सपना र भविष्य जोडिएको ठाउँ हो । व्यवसायीहरू निराश हुँदा बजार मात्रै होइन, समाज नै कमजोर बन्छ । त्यसैले म नेतृत्वमा आएर व्यवसायीहरूको मनोबल उठाउने, सङ्घलाई अझ बलियो बनाउने र व्यवसायीहरूलाई एकताबद्ध गर्ने लक्ष्यसहित अघि बढेको छु ।”

सङ्घमा उहाँको यात्रा पनि लामो अनुभवले भरिएको छ । एक कार्यकाल कार्यसमिति सदस्य र अर्को कार्यकाल प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका पाठकले सङ्घको आन्तरिक अवस्था, व्यवसायीहरूको आवश्यकता र दोलखाको व्यापारिक सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको छ ।

उहाँ निकट व्यवसायीहरूका अनुसार पाठक मिलनसार, समन्वयकारी र सबैलाई साथमा लिएर अघि बढ्ने स्वभावका व्यक्ति हुनुहुन्छ । समस्या पर्दा अगाडि उभिने, व्यवसायीहरूको आवाज सुन्ने र सानो–ठूलो नभनी सबैलाई समान व्यवहार गर्ने उहाँको शैलीले धेरैको मन जितेको बताइन्छ ।

सुरुवातमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि त्यो सफल हुन सकेन । सहमतिबाट नेतृत्व चयन हुने सम्भावना कमजोर बन्दै गएपछि अब निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने लगभग निश्चित बनेको छ । त्यसैले पाठक अहिले आफ्नो सशक्त टिमसहित चुनावी तयारीमा जुट्नुभएको छ ।

उहाँले आफू एक्लै नेतृत्वमा पुग्ने भन्दा पनि इमानदार, सक्षम र व्यवसायीहरूको पक्षमा उभिने टिम निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । उहाँको भनाइमा,

“संस्था एक व्यक्तिले मात्रै चल्दैन । राम्रो सोच, स्पष्ट योजना र इमानदार टिम भयो भने मात्रै संस्थालाई सही दिशामा अघि बढाउन सकिन्छ ।”

पाठकले दोलखाको व्यापार क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, पर्यटनसँग व्यापारलाई जोड्ने, युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने तथा व्यवसायीहरूको हकहितका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार अहिले सबैभन्दा ठूलो आवश्यकता व्यवसायीहरूमा हराउँदै गएको आत्मविश्वास फर्काउनु हो । बजारमा फेरि चहलपहल ल्याउने, उद्यमीहरूलाई उत्साह दिने र दोलखाको व्यापारिक वातावरणलाई नयाँ ऊर्जा प्रदान गर्ने सपना उहाँले बोकेको देखिन्छ ।

दोलखा उद्योग वाणिज्य सङ्घको १६ औं अधिवेशन तथा २५ औं साधारणसभा यही वैशाख ३१ गते चरिकोटमा हुँदैछ । अधिवेशनले अध्यक्षसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन नजिकिँदै जाँदा दोलखाको व्यापारिक क्षेत्र चुनावी माहोलले तातिन थालेको छ । यही बीच दिनेश पाठकको उम्मेद्वारीले व्यवसायीहरूबीच नयाँ चर्चा, नयाँ आशा र नयाँ अपेक्षा जन्माएको छ ।

अब हेर्न बाँकी छ — व्यवसायीहरूको त्यो भरोसा र विश्वासलाई मतमा बदल्दै दिनेश पाठक दोलखा उद्योग वाणिज्य सङ्घको नेतृत्व सम्हाल्न सफल हुनुहुन्छ कि हुनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search