Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

Advertisement

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो

महेन्द्र श्रेष्ठ

सिन्धुली । कमलामाई नगरपालिका ले जीर्ण अवस्थामा रहेको स्टल बजारमा शुक्रबार डोजर चलाएको छ । नगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन निर्देशन दिएका स्टल बजारका ४८ वटा सटर भत्काउने काम शुक्रबार दिउँसो १ बजेदेखि सुरु गरिएको हो ।

नगरपालिकाले केही दिनअघि नै स्टल बजार खाली गर्न सूचना जारी गरेको थियो । बुधबार अन्तिम सूचना प्रकाशित भएपछि व्यवसायीहरू सामान व्यवस्थापन गर्न बाध्य बनेका थिए । शुक्रबार डोजर पुगेसँगै वर्षायामकै बीच ४६ जना व्यवसायी विस्थापित भएका छन् ।

वर्षाको समय भएकाले तत्काल व्यवसाय स्थानान्तरण गर्न कठिन भएको भन्दै व्यवसायीहरूले कम्तीमा आगामी दशैंसम्म स्टल बजारमै बस्न दिन नगरपालिकासँग आग्रह गरेका थिए । तर नगरपालिकाले संरचना जीर्ण र जोखिमपूर्ण बनेको निष्कर्ष निकाल्दै भत्काउने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

स्टल बजार हटाइएपछि त्यहाँ व्यवसाय गर्दै आएका साना तथा मध्यम व्यवसायीहरू समस्यामा परेका छन् । कतिपय व्यवसायीले वैकल्पिक स्थान नपाउँदा व्यापार नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । वर्षायाममा नयाँ ठाउँ खोज्न, सामान सुरक्षित राख्न र व्यवसाय पुनः सञ्चालन गर्न चुनौती थपिएको उनीहरूको गुनासो छ ।

स्थानीय व्यवसायीहरूले नगरपालिकाले समयमै उचित व्यवस्थापन र विकल्प दिन नसकेको आरोप लगाएका छन् । “वर्षाको बेला व्यवसाय हटाउँदा परिवार पाल्न नै समस्या हुने अवस्था आयो,” एक व्यवसायीले दुखेसो पोख्दै भने ।

नगरपालिकाले भने पुरानो तथा जीर्ण संरचनाले दुर्घटनाको जोखिम बढाएको र बजार क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै व्यवसायीहरूको व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको नगरपालिकाको भनाइ छ ।

स्टल बजार भत्काइएपछि अहिले उक्त क्षेत्रमा चहलपहल कम भएको छ भने विस्थापित व्यवसायीहरू वैकल्पिक व्यवस्थापनको माग गर्दै नगरपालिकासँग पुनः संवादको तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search