Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 3

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्माणका लागि फेरि जुट्दैछन् नेता–कार्यकर्ता । सिन्धुली । महेन्द्र श्रेष्ठ .. केही भवनहरू हेर्दा केवल भवन देखिँदैनन्, तिनभित्र धेरै मानिसका सपना, पसिना, संघर्ष र सम्झना देखिन्छन्। सिन्धुलीमा रहेको नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयको भवन पनि त्यस्तै एउटा भवन हो—जसको प्रत्येक इँटामा कसैको सहयोग, कसैको श्रम र कसैको विश्वास जोडिएको छ। वर्षौँअघि पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक तथा समर्थकहरूले आफ्नो सामर्थ्यअनुसार एक रुपैयाँ, दुई रुपैयाँ गर्दै सहयोग जुटाएर निर्माण गरेको यो भवन आज क्षतिग्रस्त अवस्थामा उभिएको देख्दा मन भारी हुन्छ। भदौ २४…
Read More
बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग। सिन्धुली, २०८३ भदौ । २०८३ साल भदौ १० गते नुवाकोट र रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक सहयोग गरेका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ९ लाख २९ हजार ३ सय ५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नुवाकोट र रसुवा जिल्लामा २०८३ भदौ १० गते आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा उद्धारमा…
Read More
अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान  ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी महेन्द्र श्रेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो। नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित…
Read More
दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा।

दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा।

दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन होटल व्यवसायीको माग दोलखा । दोलखामा मासुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पछिल्लो समय मासुको मूल्य निरन्तर बढ्दै जाँदा होटल व्यवसाय सञ्चालनमा थप आर्थिक भार परेको व्यवसायीहरूको गुनासो छ। मासुको मूल्यवृद्धिका कारण होटल तथा रेस्टुरेन्टमा परिकारको लागत बढेको र त्यसको प्रत्यक्ष असर व्यवसायको आम्दानीमा परेको होटल व्यवसायीहरू बताउँछन्। मूल्यवृद्धि नियन्त्रण तथा बजारमा मासुको मूल्यमा एकरूपता कायम गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ। होटल व्यवसायी अध्यक्ष कुमार श्रेष्ठले मासुको मूल्य अस्वाभाविक रूपमा बढ्दा होटल व्यवसायीहरूलाई प्रत्यक्ष असर परेको…
Read More

भैरव–कुमारी जात्रा भव्य रूपमा सम्पन्न।

भैरव–कुमारी जात्रा भव्य रूपमा सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, भदौ १८ । प्राचीन सांस्कृतिक नगरी दोलखामा परापूर्वकालदेखि मनाउँदै आइएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भैरव–कुमारी (बालकुमारी) जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात् भदौ १४ गतेदेखि सुरु भएको जात्रा पाँच दिनसम्म दोलखा बजारका विभिन्न टोल, मठ–मन्दिर तथा डबलीमा रातको समयमा प्रदर्शन गरिएको थियो। विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै बिहीबार राति जात्रा विधिवत् रूपमा समापन गरिएको हो। जात्राका क्रममा भैरव, कुमारी तथा विभिन्न गणसहितका पात्रहरू परम्परागत भेषभूषा र आकर्षक मुकुन्डोमा सजिएर बाजागाजाको तालमा नाच्दै दोलखा बजारका ऐतिहासिक तथा धार्मिक स्थलहरूको परिक्रमा गरेका थिए। प्राचीन…
Read More
दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी।

दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी।

दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी। महेन्द्र श्रेष्ठ दोलखा, भदौ १८ । दोलखाको पर्यटन सम्भावनालाई उजागर गर्दै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भीमेश्वर नगरपालिका–चरिकोटमा सम्पन्न साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।   साधारण सभाले दोलखाको पर्यटनलाई थप व्यवस्थित र व्यवसायिक बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। साथै दोलखालाई बागमती प्रदेशको पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा…
Read More
आमाबुबाको स्मृतिमा भीम माविमा विनोद मास्केद्वारा अक्षयकोष स्थापना।

आमाबुबाको स्मृतिमा भीम माविमा विनोद मास्केद्वारा अक्षयकोष स्थापना।

आमाबुबाको स्मृतिमा भीम माविमा विनोद मास्केद्वारा अक्षयकोष स्थापना। महेन्द्र श्रेष्ठ दोलखा । आफ्ना स्वर्गीय बुबा ईश्वरबहादुर मास्के र आमा अमृतकुमारी मास्केको स्मृतिमा भीम माध्यमिक विद्यालयमा पुस्तकालयका आजीवन सदस्य विनोद मास्केले अक्षयकोष स्थापना गर्नुभएको छ। शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले मास्केले आमाबुबाको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो। अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयका जेहेन्दार तथा असहाय विद्यार्थीलाई पुरस्कार तथा सहयोग प्रदान गरिने मास्केले बताउनुभएको छ। यसबाट आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै उत्कृष्ट विद्यार्थीलाई थप हौसला पुग्ने अपेक्षा गरिएको छ। आफ्ना आमाबुबाको सम्झनालाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्दै…
Read More
बाढीपीडितको पीडामा मङ्गला अमात्यको ठूलो सहारा, प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख सहयोग।

बाढीपीडितको पीडामा मङ्गला अमात्यको ठूलो सहारा, प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख सहयोग।

बाढीपीडितको पीडामा मङ्गला अमात्यको ठूलो सहारा, प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख सहयोग। शंख ध्वनि सम्बाद दाता काठमाडौं । विपद्का बेला मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको छाउनी निवासी मङ्गला अमात्यले प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन्। भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण कैयौँ परिवारले घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाएका छन्। धेरै नागरिक विस्थापित भएर पीडा, अभाव र अनिश्चितताको सामना गरिरहेका छन्। यस्तो दुःखद् र संवेदनशील अवस्थामा अमात्यले आफ्नो व्यक्तिगत तर्फबाट गरेको १ करोड ८ लाख रुपैयाँको सहयोग…
Read More
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा भदौ १८ गते।

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा भदौ १८ गते।

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा भदौ १८ गते। दोलखा / दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। जिल्लाको होटल तथा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका विषयमा छलफल गर्ने उद्देश्यले साधारणसभा आयोजना गर्न लागिएको हो। संघका अनुसार २०८३ साल भदौ १८ गते बिहान १० बजे चरिकोटस्थित दरबार पार्टी प्यालेसमा पाँचौँ वार्षिक साधारणसभा आयोजना हुनेछ। दोलखाको होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र प्रभावकारी बनाउँदै जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विषयलाई साधारणसभाले प्राथमिकतामा राख्ने बताइएको छ। साथै होटल तथा पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती तथा…
Read More
रक्तदान कार्यक्रम हुँदै, रसुवा बाढीपीडित तथा घाइतेका लागि रगत संकलन गरिने।

रक्तदान कार्यक्रम हुँदै, रसुवा बाढीपीडित तथा घाइतेका लागि रगत संकलन गरिने।

रक्तदान कार्यक्रम हुँदै, रसुवा बाढीपीडित तथा घाइतेका लागि रगत संकलन गरिने। दोलखा । रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइते भएकाहरूलाई आवश्यक रगतको अभाव हुन नदिन दोलखामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। “रक्तदान गरौँ, जीवन बचाऔँ !” भन्ने नारासहित नेपाल राष्ट्रिय शिक्षक संगठन, भीमेश्वर नगर समिति दोलखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा रक्तदान कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार भदौ २१ गते आइतबार बिहान १० बजे सातदोबाटो, चरिकोट, दोलखामा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा संकलित रगत रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। मानवीय सेवाको यस अभियानमा सहभागी भई रक्तदान गर्न सबै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search