शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अन्तर्वार्ता

मलाई पनि गाली गर्नुहोस् – ” उपाध्यक्ष राजेन्द्र मानन्धर”

मलाई पनि गाली गर्नुहोस् – ” उपाध्यक्ष राजेन्द्र मानन्धर”

प्रिय मनहरू, मलाई पनि गाली गर्नुहोस्, अधिवेशनमा यस्तै हुन्छ..... हजुर, जति दिन र समयहरू घट्दैछन, त्यति नै बढी केही मनहरूमा आगोको जलन बढ्दै छ । लाग्छ, नेकपा एमालेको महाधिवेशनको सेरोफेरोमा ती पापी मनहरू डढेर खरानी नहोस् । मन भित्रभित्रै विष्फोट ज्वालामुखीका पीडाले जलिरहेका ज्युदा आत्मालाई सलाम गर्न यसकारण चाहन्छु की तपाईंहरूका मनहरू एमालेको चिन्ताले जलिरहेको छ,`अध्यक्ष केपी ओली´ को चिन्ताले पोलिरहेको छ । अझ भन्नुपर्दा जो एमाले हुनुहुन्न, उहाँहरूको मन बढी पोलेको छ । जो एमालेबाट लाभान्वित भै हाल अलग हुनुहुन्छ र जो एमालेको विरूद्धमा सधै हुनुहुन्छ, उहाँहरू जस्ता भद्रभलाद्मीमा दिन रात चिन्ता छ, पीडा छ । धन्य छ तपाईंहरूलाई,…
Read More
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपालको समकालीन साहित्यिक जगत अहिले विविधता, मौलिकता र मातृभाषामा सिर्जनात्मक लेखनको उचाइतर्फ अघि बढिरहेको छ। तर पनि, समुदाय–आधारित भाषिक साहित्यलाई निरन्तर र व्यवस्थित रूपमा अघि बढाउने लेखक दुर्लभै भेटिने परिस्थितिमा प्रा. डा. श्याम जोशीद्वारा लिखित दुलाहा (नेवार) भाषाका दुई महत्वपूर्ण कृति सार्वजनिक हुन लाग्नु स्वयंमा एउटा उल्लेखनीय उपलब्धि बनेको छ। उहाँका समकालीन नयाँ सिर्जना—उपन्यास “खोसु दुपानय निवाःर” र कथा संग्रह “थांसी बोसः”—को लोकार्पण कार्यक्रम छिट्टै हुने तयारी चलिरहेको छ। यस ऐतिहासिक अवसरको प्रमुख आतिथ्य नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति श्री विमल निभा रहने पक्का भएको छ, जसले समारोहलाई अधिक गरिमामय बनाउने विश्वास गरिएको छ। यी दुई कृतिहरू दुलाहा (नेवार) भाषाको गहिरो संरचना,…
Read More
ओलीको प्रश्न : “यो सरकार वास्तवमै कसको हो ?” वैधानिकता, जनप्रतिनिधित्व र संविधानिक आधार सबै अनिश्चित

ओलीको प्रश्न : “यो सरकार वास्तवमै कसको हो ?” वैधानिकता, जनप्रतिनिधित्व र संविधानिक आधार सबै अनिश्चित

महेन्द्र श्रेष्ठ प्रधान सम्पादक काठमाडौं नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो वैधानिकता र मूल उत्पत्तिनै स्पष्ट गर्न नसकेको कठोर टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार अहिले देश संचालन गरिरहेको संरचना न कुनै दलबाट बनेको हो, न संसदबाट, न संविधानले परिकल्पना गरेको सरकार हो, न त जनमतबाट निर्देशित– यसैले “यो सरकार वास्तवमै कसको हो ?” भन्ने गम्भीर प्रश्न उठ्छ । अध्यक्ष ओलीले आज बिहान गुण्डुस्थित आफ्नो निवासमा प्रेस चौतारी नेपालको नेतृत्वसँग भएको छलफलमा वर्तमान सरकारले प्राप्त गरेको वैधानिकता र जनप्रतिनिधित्वबारे शंका व्यक्त गर्नुभयो । उहाँका शब्दमा— “यो सरकार संविधानले बनाएको होइन, संसदले बनाएको होइन, कुनै…
Read More
भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न

भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न

दोलखा / भीमेश्वर — महेन्द्र श्रेष्ठ नेपालीहरूको दोस्रो महान् पर्व तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका उप–प्रमुख कमला बस्नेतको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम दोलखा जिल्लाको चरिकोटस्थित होटल लक्ष्मी लजमा हर्ष, उल्लास र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, नेकपा (एमाले) जिल्ला पार्टी प्रमुख, नेपाली काँग्रेसका प्रतिनिधि, साथै जिल्लास्थित विभिन्न संघ–संस्था, सहकारी, पत्रकार, व्यापारी, बुद्धिजीवी र कर्मचारी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले तिहार र छठ पर्वले नेपाली समाजमा आपसी मेलमिलाप,…
Read More
त्रिपुरासुन्दरी नगरपालिकाको लोगो उत्कृष्ट घोषित, दोलखाका विरस म. द्वारालाई २५ हजार रुपैयाँ पुरस्कार

त्रिपुरासुन्दरी नगरपालिकाको लोगो उत्कृष्ट घोषित, दोलखाका विरस म. द्वारालाई २५ हजार रुपैयाँ पुरस्कार

डाेल्पा — कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका लागि तयार गरिएको लोगो ‘उत्कृष्ट’ घोषित गरिएको छ। उक्त लोगो दोलखाका युवा कलाकार विरस म. द्वारा तयार गरिएको हो। नगरपालिकाले आयोजना गरेको लोगो प्रतियोगितामा सहभागी धेरै प्रस्तावमध्ये द्वाराले तयार पारेको लोगोलाई उत्कृष्ट ठहर गर्दै उनलाई रु २५,००० नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो। नगरपालिकाका अनुसार लोगोले त्रिपुरासुन्दरी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशेषतालाई सशक्तरूपमा अभिव्यक्त गरेको छ। लोगोमा त्रिपुरासुन्दरीको धार्मिक पहिचान, पर्वतीय भौगोलिक स्वरूप, हरियाली वातावरण र स्थानीय जीवनशैलीलाई कलात्मक ढङ्गले समेटिएको बताइएको छ। विजेता कलाकार विरस म. द्वाराले आफ्नो सिर्जनालाई मान्यता दिइएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै यसले स्थानीय कला, संस्कृति…
Read More
एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प: राजेन्द्र गौतम

एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प: राजेन्द्र गौतम

संवाददाता -नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गर्नुभएकाे छ। ७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताउनुभयाे । प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनुभयाे। ‘७ भूगोल र ३ गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ गाैतमले भन्नभयाे, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई…
Read More
एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो!!

एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो!!

काठमाडौँ । एमालेको निर्णयपछि बिद्याको स्वभाव : सम्हालिएको भाव, जिम्मेवारीवोधको अभाव एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो ।एमाले माओवादीलगायत अरू पार्टीको जिम्मा त लिन सक्दैन, तर आफू त्यो प्रकारको अशोभनीय काम गर्दैन भन्ने उसको सुविचारित फैसला हो । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले पार्टीको कुनै पदमा प्रतिष्पर्धा गर्न नसक्ने हुँदा उहाँको सदस्यता नवीकरण भइराख्न आवश्यक परेन । त्यत्ति हो । उहाँले पत्रकार सम्मेलनमा मलाई कुनै पदको अभिलाषा छैन भन्नुभएको छ । उहाँको भावना कुनै पद र प्रतिष्पर्धाभन्दा माथि छ जस्तो देखिन्छ । यो उचाइको सर्वस्वीकार्य व्यक्तित्वले पार्टी विशेषको संगठित सदस्यताको चिन्ता किन गर्नु पर्यो र ? निर्मल भट्टराई…
Read More
मेलुङको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा अनियमितता : अध्यक्षसहित चार जनालाई कारबाही, ६–६ महिना कैद र ३२ लाख बढी बिगो माग

मेलुङको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा अनियमितता : अध्यक्षसहित चार जनालाई कारबाही, ६–६ महिना कैद र ३२ लाख बढी बिगो माग

 २०८२ वैशाख ०९, दोलखा -  दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो। अदालतले दिएको फैसलामा भनिएको छ, "आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा…
Read More
भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

https://www.youtube.com/watch?v=0Me0GfO8X2k दाेलखा  भीमेश्वर नगरपालिका वडा नं २ का व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।
Read More
आरोग्यताको लागि स्व-जागरण कार्यक्रमका झलकहरू

आरोग्यताको लागि स्व-जागरण कार्यक्रमका झलकहरू

दैनिक जिवनमा आइपर्ने तनावलाइ न्यूनीकरण गर्दै खुसी, उत्साह र उमङ्गले भरिएको जीवनको लगि जीवन विज्ञान परिपद्, दोलखाद्वारा आयोजना गरिएको "आरोग्यताको लागि स्व-जागरण कार्यक्रम" का झलक https://www.youtube.com/watch?v=0mDylW0-dRU
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search