Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

त्रिपुरासुन्दरी नगरपालिकाको लोगो उत्कृष्ट घोषित, दोलखाका विरस म. द्वारालाई २५ हजार रुपैयाँ पुरस्कार

Advertisement

डाेल्पा — कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका लागि तयार गरिएको लोगो ‘उत्कृष्ट’ घोषित गरिएको छ। उक्त लोगो दोलखाका युवा कलाकार विरस म. द्वारा तयार गरिएको हो।

नगरपालिकाले आयोजना गरेको लोगो प्रतियोगितामा सहभागी धेरै प्रस्तावमध्ये द्वाराले तयार पारेको लोगोलाई उत्कृष्ट ठहर गर्दै उनलाई रु २५,००० नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।

नगरपालिकाका अनुसार लोगोले त्रिपुरासुन्दरी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशेषतालाई सशक्तरूपमा अभिव्यक्त गरेको छ। लोगोमा त्रिपुरासुन्दरीको धार्मिक पहिचान, पर्वतीय भौगोलिक स्वरूप, हरियाली वातावरण र स्थानीय जीवनशैलीलाई कलात्मक ढङ्गले समेटिएको बताइएको छ।

विजेता कलाकार विरस म. द्वाराले आफ्नो सिर्जनालाई मान्यता दिइएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै यसले स्थानीय कला, संस्कृति र सृजनात्मकतालाई अझ प्रेरणा दिने बताएका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले लोगो सार्वजनिक गर्दै आगामी सबै सरकारी कागजात, सूचना र प्रचार सामग्रीमा यही लोगो प्रयोग गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search