नेकपा एमाले दोलखाको सचिवालय वैठकले गरेको निर्णयहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार मित्रहरु
सामाजिक न्याय, समान ता तथा दोलखा जिल्लाको विकास र समृद्धिको लागि नेकपा एमाले दोलखाले विगत लामो समय देखि रचनात्मक, सकारात्मक र संघर्षपूर्ण अभियान सञ्चालन गर्दै आएको कुरा अवगतनै छ । जनमुखि अभियान र संघर्षकै कारण दोलखा जिल्ला नेकपा एमालको किल्लाको रुपमा स्थापित छ । कोही कसैले नेकपा एमाले विनाको दोलखा परिकल्पना गर्छ भने त्यो मिथ्या र तथ्यहिन परिकल्पनामात्र हुने छ ।
२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले सुरु गरेको आफ्नो गाँउ आफै बनाउ, नौ स कार्यक्रम तथा सामाजिक सुरक्षा भत्ता, ९ बृद्ध भत्ता लगायतका कार्यक्रमले मुलुकमा विकासको गति अघि बढेको र नागरिक सुरक्षाको ग्यारेन्टि गरेको कुरामा कसैले फरक मत राख सक्ने अवस्था छैन ।
दोलखाको सन्र्दभमा २०५४ सालमा नेकपा एमालेले दोलाखको तत्कालिन अधिकांश गाविस र जिल्ला विकास समितिमा समेत एकल बहुमत सहित विजय हासिल गरेपछि बनाईएका २० बर्षिय दोलखा विकासको मार्गचित्र ुजलशक्ति, पर्यटन, वन र कृषि बालि, शिक्षा, स्वास्थ्य, यातायातले समुन्नत दोलखाली अनुसारनै जिल्लाको समग्र विकासको गतिविधि र अभियान अघि बढेको स्मरण गर्न चाहन्छौ ।
सामाजिक न्याय, समानता तथा दोलखाको विकास र समृद्धिकै लागि नेकपा एमाले दोलखाले पछिल्लो पटक तीन महिने वडा केन्द्रीत ९ जरा अभियान सञ्चालन गरेर प्रत्येक दोलखालीको घर(घरमा पुगि विकास(निर्माणको अवस्था, नागरिकको दैनिकी, संघ, प्रदेश एवम् स्थानीय सरकारले सञ्चालन गरेका गतिविधिहरु लगायतका विषयमा स्थलगत जानकारी लिने र आवश्यकता अनुसार विकास(निर्माण तथा सामाजिक सुरक्षा अभियान सञ्चालनको लागि तीनै तहको सरकारलाई सुझाब दिएको छ भने पार्टी कार्यकर्ताहरुलाई यो अभियानमा परिचालन समेत गर्दै आएको छ ।
पार्टी जिल्ला कमिटीले खेती(किसानीको तीन महिनाको समयमा विपन्न, एकल महिला, एकल पुरुष, अपाङ्गता भएका व्यक्ति तथा अशक्त किसानको घर(घरमा पुगेर श्रमदान गर्ने अभियान घोषणा सहित पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन गरेको छ । त्यसैगरी असार(साउन दुई महिना सहर केन्द्रीत पार्टी काममा सबै नेता(कार्यकर्ता परिचालित हुने निर्णय भएको छ । साथै बर्षाको समयमा हुनसक्ने मौसम जन्य विपत्तिबाट सुरक्षित रहन आम दोलखालीलाई अपिल गर्दै सम्भावित विपत्तिको बेला पार्टीका स्थानीय कमिटी एवम् कार्यकर्तालाई उद्दार कार्यमा परिचालिन हुन निर्देशन गरेको छ ।
नेकपा एमाले दोलखाले पार्टी कामको केन्द्र विन्दु भुगोल, सम्पर्क ९सहर र प्रवासलाई ध्यानमा राखेर योजना बनाउने छ । प्रवासी एमाले कार्यकर्तासंग डिजिटल संवाद र भर्चुयल बैठक गरिने छ ।
पत्रकार मित्रहरु,
आगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि संघ एवम् प्रदेश सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । साथै स्थानीय सरकारहरु पनि नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीमा छन् । केही स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् ।
संघ र प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा समेटीएका धेरै विषयहरु सकारात्मक रहेको छ । प्रस्तुत बजेटलाई कार्यान्वयन गर्न तदारुकता देखाउने हो भने यसले सरकारले उद्घोष गरेको ुविकास र समृद्धिको अभियान पुरा गर्न टेवा पुग्ने छ ।
तर दोलखाको सन्र्दभमा बजेटले समेटिएका विषयहरुमा केही अमुक व्यक्तिहरुले सस्तो लोकप्रियताको लागि सामाजिक सञ्जालहरुमा अनावश्यक प्रचार गरेको देखिएको छ । वर्तमान सरकार नेकपा एमाले, नेपाली कांग्रेस लगायतको संयुक्त सरकार भएकोले संघ तथा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा नेकपा एमाले लगायत सरकारमा सहभागि सबै दलहरुको बराबर भूमिका रहेको र यो संयुक्त सरकारको संयुक्त बजेट तथा नीति कार्यक्रम रहेको कुरा स्मरण गराउन चाहन्छौ । यसमा कुनै अमुक व्यक्तिको भूमिकालाई मात्र प्रचार गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।
यहि सन्र्दभमा २०८२ असार ७ गते ९आज० सम्पन्न नेकपा एमाले दोलखाको सचिवालय बैठकले उल्लेखित निर्णय गरेको कुरा अवगत गराउन चाहन्छौ ।
१ – संघिय सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट तथा बागमति प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा समेटीएका धेरै योजना एवम् कार्यक्रमहरु सकारात्मक रहेका छन् । उल्लेखित कार्यक्रम एवम् योजनाहरु कार्यान्वयनमा सरोकारवाला सबैलाई इमान्दारीता पूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दछौ । साथै बजेटमा समेटिएका कार्यक्रमहरुको इमान्दारीतापूर्वक कार्यान्वयनको लागि १० लाख भन्दा माथिका आयोजनाहरु बोलपत्र आव्हान तथा अन्य आयोजनाहरु वास्तविक उपभोक्ता समिति मार्फत अघि बढाउन आग्रह गर्दछौ ।
२- बागमति प्रदेश सरकारले ल्याएको बजेट राम्रो हुदाहुदै पनि कतिपय योजनाहरु अनुत्पादक क्षेत्र केन्द्रीत वितरणमुखी र व्यक्तिगत स्वार्थका लागि सेटिङमा ल्याईएको जस्तो देखिएकोले त्यसप्रति दोलखाली जनतालाई सचेत गराउँदै जनमैत्री एवं दीर्घकालिन योजना कार्यान्वयनको लागि ध्यानाकर्षण गर्दछौ ।
३- बजेटमा उल्लेख भएका योजना कार्यान्वयनको चरणमा स्टमेट देखी सम्पन्न सम्मको अवधिमा नागरिक संलग्नताको लागि नागरिक निगरानी समूह गठनको लागि स्थानीय लाभान्वित समुदायलाई आग्रह गर्दछौ ।
४- अबको युग सुरुङ मार्गको युग हो । यसै सन्र्दभमा नेकपा एमाले दोलखाले अघि सारेको सोच अनुसार संघिय सरकारले दोलालघाट देखि चर्नावतिसम्म सुरुङ मार्ग निर्माणको लागि संभाव्यता अध्यन गर्ने योजना अघिसारेकोमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ । दोलालघाट देखि चर्नावतिसम्मको सुरुङ मार्ग त्रिदेशीय राजमार्ग र सङ्घीय राजधानी काठमाडौं जोड्ने कुरामा समेत महत्वपूर्ण हुने भएकोले यसको तत्काल कार्यान्वयनको लागि आग्रह गर्दछौ ।
५- संघिय सरकारको नीति(कार्यक्रम तथा बजेटमा समेटिएको दोलखा केन्द्रीत त्रिदेशीय मार्ग, फलाक नाका खुलाउने लगायतका रणनीतिक योजनाहरुको लागि संघिय सरकारलाई धन्यवाद दिने ।
६- दोलखा जिल्लाका अधिकांश पालिका एवम् वडाहरुमा सडकको ट्रयाक खोल्नेकाम भएकोले सडकको लागि विनियोजित अबको बजेटबाट सडकको स्तरउन्नती, कालोपत्रे तथा ढलानमा खर्चगर्नध्यानाकर्षण गराउँदछौं साथै दोलखाको स्थानीय तहहरुलाई पनि सडकको स्तरउन्नती, कालोपत्रे तथा ढलानको लागि बजेट विनियोजन गर्न आग्रह गर्दछौं ।
७- प्रदेशले गौरवको आयोजनाको रुपमा प्राथामिकता दिएको जिरी तालले यो बजेटमा निरन्तरता नपाउनु दुखद रहेको छ । यसप्रति प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौ ।
८- दोलखा जिल्लामा निर्माणको चरणमा रहेको तामाकोशी(३ आयोजनामा दोलखालीको संलग्नता सुनिश्चित गर्दै अन्य जलविद्युत आयोजनाहरु सञ्चालनमा समेत तदारुकता देखाउने । साथै दोलखालाई हाईड्रो हवको रुपमा विकास गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।
९- स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादन बढाउदै रोजगारी सिर्जना गर्ने, लक्षित बर्गलाई शसक्तीकरण, स्टार्टअप अनुदान जस्ता कार्यक्रमलाई प्राथामिकता दिन अनुरोध गर्ने ।
१०- नागरिक अधिकार तथा विकाससंग सरोकार राखे दोलखाका बिभिन्न कार्यालयहरुलाई सुशासन, नागरिक अधिकार तथा दोलखाको विकास र समृद्धिमा सचेत रहदै सेवा प्रवाह गर्न अनुरोध गर्ने
११- दोलखाको शैलुङ स्थित कालापानी क्षेत्रमा रहेको सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन जिल्ला बन कार्यालय दोलखाले जारी गरेको सार्वजनिक सूचनाको विषयमा सर्वपक्षिय छलफल मार्फत कानुनी समाधान खोज्न ध्यानाकर्षण गराउने ।
१२- दोलखा जिल्लाको सदरमुकाम चरिकोट समेत जिरी, दोलखा भीमेश्वर, महाङ्काल भगवती, कालिञ्चोक, देउलाङ्गेश्वर महादेव, गाईखुरा महादेव, लप्चि गुम्बा, विगु गुम्बा, च्छोरोल्पा हिमताल, शैलुङ, चेर्दुङ, देउढुङ्गा, सोथली, बाहसय पल्टन, छेन्दुक मेन्दुक गुम्बा लगायतका धार्मिक, संस्कृतिक एवम् पर्यटकीय स्थलहरुको पुर्वाधार विकास तथा प्रर्वद्धनको लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछौ । साथै एक वडा एक गन्तव्य कार्यक्रम निर्माण गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउने ।
१३- जिरीमा रहेको एयरर्पोट सञ्चालन तथा चरिकोटमा एयरर्पोट निर्माणको लागि संघिय सरकारको ध्यानाकर्षण गराउने ।
अन्तमा, नेकपा एमाले दोलखा सधै जिल्लाको विकास र समृद्धि, नागरिक अधिकारको रक्षा र सुशासनको पक्षमा प्रतिवद्ध रहेकोले यसमा सबैको सकारातमक सहयोगको लागि अनुरोध गर्दछौ । धन्यवाद ।
०७ अषाढ २०८२
नरबहादुर श्रेष्ठ


