शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो!!

Advertisement

काठमाडौँ । एमालेको निर्णयपछि बिद्याको स्वभाव : सम्हालिएको भाव, जिम्मेवारीवोधको अभाव एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो ।एमाले माओवादीलगायत अरू पार्टीको जिम्मा त लिन सक्दैन, तर आफू त्यो प्रकारको अशोभनीय काम गर्दैन भन्ने उसको सुविचारित फैसला हो । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले पार्टीको कुनै पदमा प्रतिष्पर्धा गर्न नसक्ने हुँदा उहाँको सदस्यता नवीकरण भइराख्न आवश्यक परेन । त्यत्ति हो । उहाँले पत्रकार सम्मेलनमा मलाई कुनै पदको अभिलाषा छैन भन्नुभएको छ । उहाँको भावना कुनै पद र प्रतिष्पर्धाभन्दा माथि छ जस्तो देखिन्छ । यो उचाइको सर्वस्वीकार्य व्यक्तित्वले पार्टी विशेषको संगठित सदस्यताको चिन्ता किन गर्नु पर्यो र ?

निर्मल भट्टराई पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले संगठित सदस्यता निस्कृय भएपछि उहाँले पत्रकार सम्मेलन गर्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले नेकपा (एमाले)को नवौं पूर्ण बैठकले उहाँको सदस्यताबारे गरेको निर्णयबारे असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सकृय पार्टी राजनीतिमा फर्कन नेपालको संविधान र कानुनले नरोकेको जिकिर पनि गर्नुभएको छ। जननेता मदन भण्डारीको तस्बिर र एमालेको लोगो प्रयोग हुनुका साथै उहाँले एमालेको पक्षमै आफ्नो अभिमत समेत राख्नुभएको छ। एमालेको पूर्वउपाध्यक्षको व्यानरमा पत्रकार सम्मेलन गरे पनि, ‘म पछि हट्तिनँ’ भने पनि उहाँको शालिन शैली र नरम शब्दहरूले उहाँ पूर्ववत थान्कामा फर्कने मनस्थितिमा पुग्नुभएको अनुमान गर्न गाह्रो छैन। उहाँको शालिनतासँगै मुहारभावले आफूलाई उचालेर समाप्त पार्न चाहनेहरुको डिजाइन बुझ्न थाल्नुभएको अनुभुति पनि गर्न सकिन्छ ।

नेकपा (एमाले)को नवौं बैठकले आफ्नो निर्णयमा भनेको थियो : ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन्। भविष्यको कुनै आस या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सात दशकभन्दा बढी समय बलिदानी सङ्घर्षको अग्रमोर्चामा रहेको र नेपालको संविधान निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका खेलेको नेकपा (एमाले) यस प्रणालीलाई रक्षा, विकास र सुदृढ गर्न दृढ सङ्कल्पित छ ।

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो। हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढङ्गले ती ओहदाहरूलाई उचित न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ। नेपालमा लैङ्गिक समानता र समावेशिताको ’आइकन’ का रूपमा रहनु भएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ’गणतन्त्र गौरव’ का रूपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रूपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सधैँ सम्मानित रहँदै आउनुभएको छ ।

यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटीको यो बैठक संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गर्दछ ।’ यहाँ ‘विद्या भण्डारीलाई एमालेले राजनीतिको ढोका बन्द गरिदियो’, ‘केपी ओली विद्या भण्डारीसँग डराए’, ‘विद्यामाथि राजनीतिक अपराध भयो’ भन्ने जे जे आरोप लगाइए पनि प्रश्न राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तले फेरि सकृय पार्टी राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने नै हो । माओवादीबाट निर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुन ’पासाङ’ माओवादी राजनीतिमा फर्किएको कुरालाई पनि एमालेको नबौं बैठकले अस्वीकार गरेको छ ।

केही समय अगाडि पूर्वउपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ले नेतृत्वको अभिलाषा राखेर माओवादीको उपाध्यक्ष बन्न हतारो गर्नुभयो । एमालेको विधान महाधिवेशन र त्यो लगत्तै एघारौं एमाले महाधिवेशनमा ‘पार्टी अध्यक्ष’को राजनीतिक लक्ष राखि सकृय राजनीतिमा फर्कने घोषणा गर्नुभयो । नेपाली कांग्रेसको पृष्ठभूमिका बहालवाला र पूर्वराष्ट्रपति हुनुहुन्छ । नेपाली कांग्रेसको महाधिवेशन आउनै लाग्दा आफ्नो पद र गरिमा छोडेर उहाँहरूले नेपाली कांग्रेसको नेतृत्व लिन यसरी नै हानथाप गर्नुभयो भने के हुन्छ ? मधेशवादी दलका पृष्ठभूमिका उपराष्ट्रपतिले त्यसै गरे के होला ? त्यसकारण एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो । एमाले माओवादीलगायत अरू पार्टीको जिम्मा त लिन सक्दैन, तर आफू त्यो प्रकारको अशोभनीय काम गर्दैन भन्ने उसको सुविचारित फैसला हो ।

केही समय अगाडि पूर्वउपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ले नेतृत्वको अभिलाषा राखेर माओवादीको उपाध्यक्ष बन्न हतारो गर्नुभयो । एमालेको विधान महाधिवेशन र त्यो लगत्तै एघारौं एमाले महाधिवेशनमा ‘पार्टी अध्यक्ष’को राजनीतिक लक्ष राखि सकृय राजनीतिमा फर्कने घोषणा गर्नुभयो । नेपाली कांग्रेसको पृष्ठभूमिका बहालवाला र पूर्वराष्ट्रपति हुनुहुन्छ । नेपाली कांग्रेसको महाधिवेशन आउनै लाग्दा आफ्नो पद र गरिमा छोडेर उहाँहरूले नेपाली कांग्रेसको नेतृत्व लिन यसरी नै हानथाप गर्नुभयो भने के हुन्छ ? मधेशवादी दलका पृष्ठभूमिका उपराष्ट्रपतिले त्यसै गरे के होला ?

त्यसकारण एमालेले गरेको उल्लिखित निर्णय व्यक्ति लक्षित होइन, प्रणालीलक्षित हो । एमाले माओवादीलगायत अरू पार्टीको जिम्मा त लिन सक्दैन, तर आफू त्यो प्रकारको अशोभनीय काम गर्दैन भन्ने उसको सुविचारित फैसला हो । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले पार्टीको कुनै पदमा प्रतिष्पर्धा गर्न नसक्ने हुँदा उहाँको सदस्यता नवीकरण भइराख्न आवश्यक परेन । त्यत्ति हो । उहाँले पत्रकार सम्मेलनमा मलाई कुनै पदको अभिलाषा छैन भन्नुभएको छ । उहाँको भावना कुनै पद र प्रतिष्पर्धाभन्दा माथि छ जस्तो देखिन्छ ।

यो उचाइको सर्वस्वीकार्य व्यक्तित्वले पार्टी विशेषको संगठित सदस्यताको चिन्ता किन गर्नु पर्यौ र ?

नेपाल प्रेस चाैतारी केन्द्रीय पुर्ब केन्द्रीय अध्यक्ष गणेश बस्नेत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search