Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प: राजेन्द्र गौतम

Advertisement

संवाददाता
-नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गर्नुभएकाे छ।

७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताउनुभयाे ।

प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनुभयाे।

‘७ भूगोल र ३ गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ गाैतमले भन्नभयाे, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ।’

‘सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्छ, हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिंह धामीले राष्ट्रियकरण गर्नुभएको हो। अहिले अध्यक्ष केपी शर्मा ओलीज्यूले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको छ। अध्यक्षलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं भन्नुभयो’, जैशीको भनाई उद्धिृत गर्दै गौतमले भन्नुभयाे।

त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावि नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताउनु भएको जानकारी गौतमले दिनुभयाे।

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले बताउनुभयाे।

गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताएका थिए।

बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनि तथ्य दिएको गौतमले बताउनुभयाे।

मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताउनु भएको उहाँले जानकारी दिनुभयाे ।

कोसी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको गौतमले बताउनुभयाे।

गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ-आफ्नो प्रतिवेदन पेस गर्नुभएको जानकारी उनले जानकारी दए। समूहगत प्रतिवेदन प्रस्तुत महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि उठेको प्रश्नको जफाव दिइसक्नु सकेका छन्।

प्रधान-सम्पादक
महेन्द्र श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search