Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

Advertisement

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन।

महेन्द्र श्रेष्ठ / दोलखा

दोलखा, २४ असोज । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ। घटस्थापनाको दिन जमरा राख्ने परम्पराअनुसार प्राचीन नगरी द्वाल्खामा पनि धार्मिक विधि र परम्पराअनुसार पूजाआजा तथा तयारी सुरु भएको छ।

द्वाल्खाको ऐतिहासिक तीनधारा राइतीमा रहेको नीलोखु च्वखको पानी संकलन गरी राजकुल, देवीकोट तथा विभिन्न कुलका गुरु–पुरोहितसहित कुलपूजाका लागि जाने परम्परा रहेको छ।

यस अवसरमा गुरु–पुरोहित काशीनाथ सापकोटाले वैदिक मन्त्रद्वारा जलको शुद्धीकरण गरेपछि उक्त पवित्र जल कुलपूजाका लागि लगिने धार्मिक परम्परा रहेको छ। घटस्थापनाका दिन जमरा राख्न प्रयोग गरिने जललाई विशेष महत्त्वका साथ लिने गरिन्छ।

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको द्वाल्खामा दसैँ मनाउने आफ्नै मौलिक परम्परा र विधिहरू प्रचलनमा छन्। पुस्तौँदेखि निरन्तरता पाउँदै आएका यस्ता संस्कारले द्वाल्खाको मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

दसैँको सुरुवातसँगै द्वाल्खामा परम्परागत धार्मिक विधि, कुलपूजा र जमरा राख्ने संस्कारले चाडपर्वको रौनक थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २४ असोज । नेपालीहरूको महान् चाड बडादसैँ...
दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडाद...
वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दो...
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search