Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

Advertisement

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागिता र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै सञ्चालन हुँदै आएको त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाका अवसरमा सहकारीका शेयर सदस्यबाट उद्यम तथा व्यवसायमा उत्कृष्ट तीन जना, उत्कृष्ट बालबचततर्फ एक जना र २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने एक जनालाई सम्मान गरिएको छ। त्यस्तै, ७० वर्ष उमेर पूरा गरेका ५७ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको सहकारीले जनाएको छ।

साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमबारे छलफल गरिएको थियो। विगतका गतिविधिको समीक्षा गर्दै सदस्यको हितलाई प्राथमिकतामा राखेर सहकारीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

महिलाले नै नेतृत्व गर्दै आएको त्रिपुरा महिला सहकारीले स्थानीय महिलालाई संगठित गर्दै बचत गर्ने बानीको विकास, आर्थिक गतिविधिमा सहभागिता र सामूहिक सहकार्यको वातावरण निर्माणमा भूमिका खेल्दै आएको छ। सहकारीमा आबद्ध महिलाले नियमित बचत तथा विभिन्न आर्थिक गतिविधिमार्फत आत्मनिर्भरताको यात्रालाई अघि बढाउँदै आएका छन्।

संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद फुयाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्तालिन श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नगर कार्यपालिका सदस्य एवं नर्स मुना श्रेष्ठलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

वडाध्यक्ष स्तालिन श्रेष्ठले अभयपुर नगरीको पहिचानसँग जोडिएको त्रिपुरा महिला सहकारीको निरन्तर यात्रा महिलाको नेतृत्व, सहकार्य र सामूहिक प्रयासको उदाहरण भएको बताउनुभयो। महिलाले नेतृत्व गरेको संस्थाले स्थानीय महिलालाई आर्थिक गतिविधिसँग जोड्दै आत्मनिर्भरतातर्फ अघि बढाउन सके सहकारी अभियानको उद्देश्य अझ प्रभावकारी हुने उहाँको भनाइ थियो।

३१औँ वार्षिक साधारण सभा सहकारीको विगतको यात्राको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र कार्यक्रम तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। बदलिँदो आर्थिक तथा सामाजिक परिवेशअनुसार सदस्यका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै सहकारीलाई थप सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search