Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने

Advertisement

द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने।

महेन्द्र श्रेष्ठ

काठमाडौं । दोलखाको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले द्वाल्ख भाषाको नाटक “मिसामी” काठमाडौंस्थित Rising Mall को सिनेमा हलमा भव्य रूपमा प्रदर्शन गरिएको छ। प्रज्ञा–तुलसी दिवसको अवसर उक्त कार्यक्रममा दोलखा तथा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य दर्शक सहभागिता रहेको थियो।

कार्यक्रममा भाषाविद् प्रा. डा. दानराज रेग्मी, इतिहासकार टेकबहादुर श्रेष्ठ, नेवारी संस्कृतिविद् प्रा. डा. चुन्डा बज्राचार्य, पूर्व उपकुलपति शिलु बज्राचार्य तथा नेवा देय दबूका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो। अतिथिहरूले दोलखाको भाषा र संस्कृतिलाई जोगाइराख्न यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कालिन्चोक युवा क्लब, द्वाल्खा गुठी तथा द्वाल्खा म्यास्मुचा खलकको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले दोलखाली समुदायको सांस्कृतिक एकतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा दोलखाली समुदायका अग्रज व्यक्तित्व, साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा युवा पुस्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

नाटकका लेखक प्रा. डा. श्याम श्याम जोशी हुनुहुन्छ। उहाँले द्वाल्ख भाषाको मौलिकता, सामाजिक परिवेश, पारिवारिक सम्बन्ध, संस्कार र मानवीय संवेदनालाई कथामार्फत जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ। नाटकमा प्रयोग गरिएको स्थानीय भाषा, संवाद शैली र सांस्कृतिक दृश्यहरूले दर्शकलाई दोलखाको मौलिक परिवेशसँग जोड्न सफल भएको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

कार्यक्रममा करिब १७० जना दर्शकको सहभागिता रहेको थियो। नाटक प्रदर्शनका क्रममा हलभरि दर्शकको उत्साहपूर्ण उपस्थिति देखिन्थ्यो। कतिपय दृश्यहरूले दर्शकलाई भावुक बनाएको थियो भने केही संवादमा हलभरि हाँसो र तालीसमेत गुञ्जिएको थियो। नाटक सकिएपछि धेरै दर्शकले “मिसामी” केवल मनोरञ्जन नभई आफ्नै भाषा, संस्कृति र पहिचानको प्रतिबिम्ब बनेको प्रतिक्रिया दिएका थिए।

दर्शकहरूले द्वाल्ख भाषामा यति स्तरको प्रस्तुति देख्न पाउँदा गर्व महसुस भएको बताएका थिए। विशेषगरी नयाँ पुस्ताले आफ्नो मातृभाषा र संस्कृतिसँग नजिकिन यस्ता नाटक प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

आयोजक संस्थाहरूले “मिसामी” नाटकले दोलखाली समुदायको भाषा संरक्षण अभियानलाई थप ऊर्जा दिएको बताएका छन्। साथै दोलखाको भाषा, कला र संस्कृतिलाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दो...
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search