द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने। महेन्द्र श्रेष्ठ काठमाडौं । दोलखाको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले द्वाल्ख भाषाको नाटक “मिसामी” काठमाडौंस्थित Rising Mall को सिनेमा हलमा भव्य रूपमा प्रदर्शन गरिएको छ। प्रज्ञा–तुलसी दिवसको अवसर उक्त कार्यक्रममा दोलखा तथा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य दर्शक सहभागिता रहेको थियो। कार्यक्रममा भाषाविद् प्रा. डा. दानराज रेग्मी, इतिहासकार टेकबहादुर श्रेष्ठ, नेवारी संस्कृतिविद् प्रा. डा. चुन्डा बज्राचार्य, पूर्व उपकुलपति शिलु बज्राचार्य तथा नेवा देय दबूका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो। अतिथिहरूले दोलखाको भाषा र संस्कृतिलाई जोगाइराख्न यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका…
