Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

Advertisement

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

महेन्द्र श्रेष्ठ

दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता समूहको छैटौँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।

साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै वन संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष स्टालीन श्रेष्ठ, जिल्ला वन महासंघका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सबैको समान जिम्मेवारी रहने बताएका थिए ।

वक्ताहरूले पछिल्लो समय वन क्षेत्र संरक्षणसँगै वातावरणीय चुनौती, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा सामुदायिक वनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।

उनीहरूले वन क्षेत्रलाई हराभरा राख्नुका साथै स्थानीय उपभोक्ताको आयआर्जन, चेतनामूलक कार्यक्रम तथा विकास निर्माणका गतिविधिसँग पनि जोड्नुपर्नेमा जोड दिएका थिए ।

वडा अध्यक्ष स्टालीन श्रेष्ठले सामुदायिक वनले वातावरण संरक्षण मात्र नभई सामाजिक एकता र स्थानीय विकासमा समेत सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो ।

उहाँले वन संरक्षणमा उपभोक्ताको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारण सभाले शिवजी प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपाल थामी, सचिवमा बबिता श्रेष्ठ जोशी तथा कोषाध्यक्षमा कृष्ण कुमारी जोशी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा जय बहादुर श्रेष्ठ, बासु जोशी र सोम बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शिवजी प्रधानले सामुदायिक वनको संरक्षण, वृक्षरोपण, सरसफाइ, वन डढेलो नियन्त्रण तथा उपभोक्तामैत्री कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

उहाँले वन क्षेत्रको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजनाबद्ध रूपमा काम गरिने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी उपभोक्ताहरूले नयाँ कार्यसमितिले वन संरक्षणसँगै पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए । साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनधुलिखेल अस्पताल–दोलखा अस्पताल : आधुनिक स्वास्थ्य सेवासहित जिल्लावासीको भरोसाको केन्द्र।

अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनधुलिखेल अस्पताल–दोलखा अस्पताल : आधुनिक स्वास्थ्य सेवासहित जिल्लावासीको भरोसाको केन्द्र।

अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनधुलिखेल अस्पताल–दोलखा अस्पताल : आधुनिक स्वास्थ्य सेवासहित जिल्लावासीको भरोसाको केन्द्र...
असारको चटारो: दोलखाको बेसीफाँटमा धमाधम धान रोपाइँ, ढिलो वर्षाले काम प्रभावित।

असारको चटारो: दोलखाको बेसीफाँटमा धमाधम धान रोपाइँ, ढिलो वर्षाले काम प्रभावित।

असारको चटारो: दोलखाको बेसीफाँटमा धमाधम धान रोपाइँ, ढिलो वर्षाले काम प्रभावित। – महेन्द्र श्रेष्ठ दोलखा, असार २३ – दोलखाका बेसीफा...
दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती

दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती

दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती ॐ जय भीमेश्वर ठाकुर ॐ जय भीमेश्वर ठाकुर, स्वामी जय भीमेश्वर ठ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search