Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिका २ स्थित स्वाक्लोमा रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२: साहसिक पर्यटनको नयाँ दिशा

Advertisement

१५ वैशाख २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत स्वाक्लोमा आगामी वैशाख २० र २१ गते तेस्रो संस्करणको ‘रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। स्वाक्लो पर्यटन विकास समाजको आयोजनामा, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगस्थानीय तहको सहकार्यमा हुन गइरहेको यस महोत्सवले स्वाक्लोको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने लक्ष्य राखेको छ।

महोत्सवमा ४२० मिटर अग्लो गुमडाँडाको भीर प्रयोग गरी रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिनेछ। सहभागीले रु. १,००० शुल्क तिरेर प्रतियोगितामा भाग लिन सक्नेछन् भने विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै, २५/२५ मिटरका दुई रक रुट बनाइसकिएको र यस वर्ष त्यसलाई १०० मिटरको उचाइमा विस्तार गर्ने योजना रहेको छ।

महोत्सवको आकर्षण सांस्कृतिक झाँकी, ताम्बा, झाँक्री, मारुनी, र पञ्चै बाजाको प्रस्तुति पनि हुने आयोजक संस्था अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए। उनका अनुसार, “साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले स्वाक्लोमा रक क्लाइम्बिङ सुरू गरिएको हो।”

यस सन्दर्भमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले भने, “स्वाक्लो हाम्रो स्थानीय धरोहर मात्रै होइन, राष्ट्रिय गौरवको ठाउँ हो। हामीले यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दै युवालाई साहसिक खेलतर्फ आकर्षित गर्ने उद्देश्य राखेका छौं। यो महोत्सवले स्थानीय रोजगार, संस्कृति संरक्षण र अन्तर्राष्ट्रिय स्तरको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ।”

महोत्सवमा हिमाल आरोही, स्काउट, नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा पर्यटक प्रहरीका टोलीको सहभागिता रहनेछ। स्वाक्लो क्षेत्र कृषि पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्यावलोकनधार्मिक अनुसन्धानको केन्द्रका रूपमा पनि पहिचान बनाउँदै गएको छ।

यस महोत्सवबाट स्वाक्लोको पर्यटन गतिविधि र रक क्लाइम्बिङ गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने आयोजकहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search