शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सूचना प्रबिधि

त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न

त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न

१० कांर्तिक, दोलखा । भिमेश्रर नगरपालिका वडा नं-२, त्रिपुरा सुन्दरी मार्ग, दुङ्गलमा कार्यालय रहेको त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि भीमेश्वर नगरपालिकाका सहकारी विभाग अधिकृत श्री नारायण शेढाइ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्री यशोदा पौडेल, जिल्ला सहकारी संघ लि. दोलखाका उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल तथा भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष श्री रमेश कुमार चाकुबजी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । आज साधारणसभामा संस्थाका अध्यक्ष…
Read More
दोलखा विद्यावारिधि फोरम गठन हुने

दोलखा विद्यावारिधि फोरम गठन हुने

  दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो । फोरमले दोलखामा…
Read More
सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

७ कार्तिक, दोलखा । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् । गत असोज १२ को बाढीले बगाएको पुल नेपाली सेनाले उक्त पुल बेलीबिडीज २१ दिन भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।
Read More
शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

६ कात्तिक, दोलखा । आइतबार र सोमबार घटेको शेयर बजार आज २५.८८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से बढेसँगै २६६५ मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा आज घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड कारोबार भएकोमा यस दिन ४ अर्ब १७ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र…
Read More
कारोबार बढेसँगै शेयर बजार २७४२ अंकमा

कारोबार बढेसँगै शेयर बजार २७४२ अंकमा

३० असोज २०८१, दोलखा । बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो । आजका दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो भने साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् । कुल…
Read More
भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ द्वारा वडा दशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना

भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ द्वारा वडा दशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना

मिति २०८१ आश्विन २२, दोलखा  । भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठले वडादशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यी पावन अवसरहरूमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, आश्विन २७ गते दोलखामा हुने खड्गजात्रामा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी र दाजुभाइहरूलाई निमन्त्रणा गर्दै आउन आग्रह गर्नुभएको छ। https://www.youtube.com/watch?v=Iuo1Ah7VoYE  
Read More
नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

१७ माघ, काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको प्रतिष्पर्दा सिमित ब्यक्तिहरुमा मात्र गराउन सूचनामै चलखेल गरेको छ । मन्त्रालयले आफु नजिकका व्यक्तिलाई नियुक्ति गर्ने गरी नियमावली विपरितको मापदण्ड बनाई अरुलाई आवेदन नै दिन नमिल्ने व्यवस्था गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि गठन भएको समितिले गत आईतबार प्राधिकरणको अध्यक्ष पदका लागि एक हप्ताको म्याद राखेर आवेदनको लागि सूचना प्रकासित गरेको छ । सूचनामा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, वोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारिको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिको पदमाकाम…
Read More
छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

१५ माघ, काठमाण्डौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त…
Read More
अब व्हाट्सएपमा ब्यक्तिगत च्याट पनि लक गर्न मिल्ने

अब व्हाट्सएपमा ब्यक्तिगत च्याट पनि लक गर्न मिल्ने

७ पुस, एजेन्सी - मेटा(स्वामित्व भएको इन्स्ट्यान्ट मल्टिमिडिया मेसेजिङ एप व्हाट्सएपले ब्यक्तिगत च्याट लक गर्न मिल्ने सुविधा सुरु गरेको छ। यो फिचरको मद्दतले व्हाट्सएप प्रयोगकर्ताहरूले आफ्नो कुनै पनि च्याटलाई फेस आईडी, फिंगरप्रिन्ट वा पिन जस्ता गोप्य कोडको मद्दतले लक गर्न सक्नेछन्। यो लक तपाइँको एप लक भन्दा फरक हुनेछ, अर्थात् अब तपाइँ तपाइँको व्हाट्सएप एप संग दोहोरो सुरक्षा पाउनुहुनेछ। यो गोप्य कोडको फाइदा यो हो कि तपाईंले आफ्नो फोन कसैलाई दिए पनि कुनै समस्या हुनेछैन। फोन प्राप्त ब्यक्तिले तपाइँको च्याट पढ्न सक्ने छैनन्। गोप्य कोडको साथ च्याट गर्ने तरिकाः आफ्नो व्हाट्सएप एप खोल्नुहोस्। अब तपाईंले लक गर्न चाहनुभएको च्याटमा जानुहोस्।…
Read More
इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

७ पुस, एजेन्सी - मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि सन्देशहरू सम्पादन गर्नमिल्ने अपडेट जारी गरेको छ। अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुक जस्ता सन्देशहरू सम्पादन गर्न सक्छन्। इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले जानकारी दिएको थियो र लामो समयदेखि यो फिचरको परीक्षण चलिरहेको थियो । तपाईंले सन्देशलाई जहिले पनि सम्पादन गर्न सक्नुहुने छैन, इन्स्टाग्राममा पठाइएको सन्देश सम्पादन गर्नको लागि समय सीमा तोकिएको छ। नयाँ अपडेट अनुसार, तपाईंले पठाइएका सन्देशहरू पठाएको १५ मिनेटसम्म सम्पादन गर्न सक्नुहुनेछ। यो सुविधा व्हाट्सएप, फेसबुक र टेलीग्राम मा लामो समय देखि रहेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search