Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कारोबार बढेसँगै शेयर बजार २७४२ अंकमा

Advertisement

३० असोज २०८१, दोलखा । बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ ।

कारोबारका क्रममा आज बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो ।

आजका दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो भने साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् । कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो । त्यस्तै विजय लघुवित्तको मूल्य ९.३३%, इस्टर्न हाइड्रोपावरको ९.२४%, समता घरेलु लघुवित्तको ८.६२%, आत्मनिर्भर लघुवित्तको ८.५९%, सगरमाथा जलविद्युतको मूल्य ७.४५% ले बढ्यो ।

त्यस्तै गरी फाइनान्स ०.८६%, होटल तथा पर्यटन १.४९%, बैंकिङ १.९८%, लगानी ०.६९%, विकास बैंक १.८५%, , हाइड्रोपावर २.१३%,जीवन बीमा १.८०%, उत्पादन १.३६%, माइक्रोफाइनान्स १.४८%, निर्जीवन बीमा १.३८% तथा अन्य समूह ०.५७% ले बढे । भने अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १०% लेघट्यो । मिथिला लघुवित्तको ४.५५%, मिडसोलु हाइड्रोपावरको ५.५४% लेमूल्य घट्यो ।  कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको / चरिकोटस्थित भीमेश्वर...
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search