Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कन्य केटा बाट तिन धारामा चोखो पानी थापियो। (राइती-महाअष्टमी (नखतः))

Advertisement

भरत बहादुर श्रेष्ठ/महेन्द्र श्रेष्ठ

२४ असोज २०८१, दोलखा ।महाअष्टमीलाई दोलखा भाषामा नखतः भन्ने गरिन्छ । विहानै राइतीमा ब्राह्मण, देवीकोटको पुजारी, डमरु, लगायत अन्य कुल्याणको थाकतीहरु बाजागाजा सहित जम्मा हुन्छन् । कन्यकेटा (बर्तवन्ध नगरेको) बालकलाई सिङ्गार पटार गरेर ल्याएको हुन्छ । त्रिपुरासुन्दरीका पुजारी र ब्राह्मणले र राइती धारामाथी विशेष पूजा आजा गरिसकेपछि कन्यकेटालाई एक तिर पुजारीले अर्कोतिर डमरुले समातेर चोखो पानी थाप्न लगाउछन् । त्यस पछि सबैले थाप्ने गर्दछन् । सबै आ–आफ्नो कुल्याणमा फर्कन्छन् भने देवीकोटको पुजारी र डमरुले कन्यकेटालाई दुवैतिर समातेर देवीकोट तिर बाजागाजाका साथ जान्छन् । त्यस पछि सदाझैँ सम्पूर्ण देवस्थल तथा कुल्याणहरुमा बाजा बजाइन्छ ।

तस्विरः सनिल/राज श्रेष्ठ
तस्विरः सनिल/राज श्रेष्ठ

यस दिन दोलखाका नेवार समुदायहरूले आ–आफ्नो कुल्यानमा थापन (पूजा सामान विशेष) लगि कुल्यान पूजा गरिन्छ भने दिउसोको समयमा भीमेश्वर गुठी अन्तर्गतका भेड्पु जग्गाबाट ल्याएको राँगोहरुलाई टसिचा टोलको डवलीमा पु¥याए पछि ती राँगोहरू भीमेश्वर मन्दिरलाई ६ ओटा, त्रिपरासुन्दरी मन्दिरलाई २ ओटा र हरिसिद्धि मन्दिरको डोवर (डवली) लाई १ ओटा छुट्याइन्थ्यो । त्यसरी छुट्याउँदा ती ल्याइएका राँगोहरूले आफै मन्दिर रोज्ने गर्छन् भन्ने भनाइ रहेको छ । त्यसै दिन भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, गम्भिर खड्ग, राजकुलेश्वर, तलेजु भवानी मन्दिर, गणेश मन्दिर, चालम पूजा, नगरा पूजा, नाट्यश्वर मन्दिर, बालकुमारी मन्दिर, हरिसिद्धि मन्दिरहरूमा बली पूजाको लागि बोका ५४ ओटा, हाँस १२ ओटा, थुँवा २ ओटा, भाले ५ ओटा र अन्य पूजा सामाग्रीहरू, तेल– ध्यू, माटाका भाँडाहरू, थापन आदि सामानहरू विभिन्न पूजा सामानहरु भेड्पु जग्गाको आय आम्दानीबाट आउँथ्यो तर विगत धेरै वर्ष अघि देखि भेड्पु जग्गाबाट आउन बन्दभएपछि दोलखा भीमेश्वरको गुठी र जात्रा सञ्चालनका लागि काम चलाउनका लागि बोका २१ ओटा, हाँस ७ ओटा, थुँवा २ ओटा, भाले ३ ओटा र अन्य पूजा समाग्रीहरू दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले भीमेश्वरको दर्शनार्थीहरूबाट चढाइएको भेटी चन्दा संकलबाट व्यवस्थापन गर्दै आइरहेको छ ।

यसरी गुठी व्यवस्थापन समितिले उपलब्ध गराएको सामाग्रीहरूबाट गुठीयारले त्यस दिन बेलुकी बाजागाजा सहित पु्जा सामान बोकर राजकुलबाट भीमेश्वरमा निमन्त्रणा जाने गर्दछन् । निमन्त्रणाबाट फर्केर पुन राजकुलेश्वर फर्केर विधि विधान पूर्वक पूजाआजा गरिन्छ । यसै दिन दोलखाको सम्पूर्ण देवदेवतालाई पूजा सामान बलि चढाउन बोका, नैवेद्य चिउरा, चामल, तेल, कपडा, आवश्यक सामाग्री सम्बन्धित पुजारीहरुलाई गुठीयारले दिने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search