Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

Advertisement

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम Tilganga Institute of Ophthalmology, Fred Hollows Foundation तथा Australian Aid को सहयोगमा आयोजना गरिएको हो।

श्री जानकी आँखा अस्पताल, जनकपुरका नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वमा खटिएको प्राविधिक टोलीले मोतिबिन्दु पहिचान भएका ४७ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न गरेको छ। यस शिविरबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

मोतिबिन्दु आँखाको एक सामान्य तर गम्भीर समस्या हो, जसले विस्तारै दृष्टि धमिलो बनाउँदै अन्ततः अन्धोपनासम्म पुर्‍याउन सक्छ। तर समयमै पहिचान र उपचार गरिएमा यसलाई पूर्ण रूपमा निको पार्न सकिन्छ। यस प्रकारका शिविरहरूले समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना फैलाउनुका साथै समयमै उपचारको महत्वबारे जनचेतना बढाउने काम समेत गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले शल्यक्रियापछि बिरामीहरूलाई औषधि तथा चस्मा वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

नेपाल रेडक्रस सिन्धुली जिल्ला एबम कार्यक्रमका सभापति अशाेक श्रेष्ठ ले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले गरिब तथा असहाय नागरिकहरूको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै सहयोगी संस्थाहरू तथा प्राविधिक टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले नियमित आँखा परीक्षण, सरसफाइमा ध्यान, सन्तुलित आहार र समस्या देखिएमा तुरुन्तै विशेषज्ञसँग परामर्श लिन आग्रह गरेका छन्।

कार्यक्रम सफल बनाउन खटिनुहुने सम्पूर्ण प्राविधिक टोली, स्वयंसेवक तथा कर्मचारीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा अझ व्यापक रूपमा सेवा विस्तार गर्ने योजना समेत अघि सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search