निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम Tilganga Institute of Ophthalmology, Fred Hollows Foundation तथा Australian Aid को सहयोगमा आयोजना गरिएको हो। श्री जानकी आँखा अस्पताल, जनकपुरका नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वमा खटिएको प्राविधिक टोलीले मोतिबिन्दु पहिचान भएका ४७ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न गरेको छ। यस शिविरबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। मोतिबिन्दु आँखाको एक सामान्य तर गम्भीर समस्या हो, जसले विस्तारै दृष्टि धमिलो बनाउँदै…
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो तस्बिर केवल एउटा फोटो मात्र होइन, एउटा समय, भावना र परम्पराको जीवित दस्तावेज हो। यसमा भाइ सलिन श्रेष्ठ र मेरा छोरा सुसेन श्रेष्ठको बाल्यकालीन अवस्था कैद भएको छ, जहाँ उहाँहरूकाे अनुहारमा देखिएको सरलता, निष्कपटता र उत्साहले त्यो समयको सुन्दरता स्पष्ट रूपमा बयान गर्छ। यो तस्बिर रातो मच्छिन्द्रनाथ जात्रा को अवसरमा खिचिएको हो, जुन हरेक वर्ष चैत महिनामा अभयपुरमा विशेष रूपमा मनाइन्छ। करिब ९ दिनसम्म सञ्चालन हुने यो जात्रा स्थानीयवासीहरूको आस्था, विश्वास र एकताको प्रतीकका रूपमा परिचित छ। हरेक वर्ष देवताको रथ नगरका विभिन्न टोलहरूमा…
