Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

१० कांर्तिक, दोलखा । भिमेश्रर नगरपालिका वडा नं-२, त्रिपुरा सुन्दरी मार्ग, दुङ्गलमा कार्यालय रहेको त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि भीमेश्वर नगरपालिकाका सहकारी विभाग अधिकृत श्री नारायण शेढाइ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्री यशोदा पौडेल, जिल्ला सहकारी संघ लि. दोलखाका उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल तथा भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष श्री रमेश कुमार चाकुबजी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।


आज साधारणसभामा संस्थाका अध्यक्ष सोममैया श्रेष्ठ, सचिव श्रृजना खड्का, कोषाध्यक्ष कुमारी जोशी चाकुबजी र लेखा समितिका संयोजक बिना श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन लेखा समितिको प्रतिवेदन पारित भएको छ ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका सचिव श्रृजना खड्का , व्यवस्थापक बुद्दि बहादुर अचाजुले संस्थाले प्रदान गर्ने सेवा समय सापेक्ष अनुरूप परिवर्तन गरिँदै लगिएको साथै संस्थाले महिला शेयर सदस्यहरूलाइ व्यवसायिक गतिविधि गरी परिणाममुखी प्रविधिलाई प्राथमिकता दिँद‌ै आएको बताउनुभयो ।

यस बर्ष महिला शेयर सदस्य मध्ये ७० बर्ष पुरा भएको ४९ जना, उत्कृष्ट व्यवसायिक शेयर सदस्य १ जना, उत्कृष्ट बचतकर्ता १ जना, उत्कृष्ट ऋणी १ जना, SEE २०८१ मा A ग्रेड भन्दा माथि ल्याउन सफल ३ जनालाई नगद तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कोषाध्यक्ष कुमारी जोशी चाकुबजीको प्रतिवेदन अनुरूप यस आ.व. मा शेयर रकम १.१० प्रतिशत ले वृद्दी भइ कुल शेयर पुँजी रू ६९ लाख ७९ हजार ४ सय शेयर रहेको, जगेडा कोषमा १४. ५८ प्रतिशतले बृद्दी भइ २३ लाख ९४ हजार ७ सय १४ रूपैया रहेको, अन्य कोषमा ५.८६ प्रतिशतले वृद्दी भइ ३३ लाख १० हजार २ सय ६० रूपैया रहेको, ऋण सुरक्षण कोषमा २७.७६ प्रतिशतले वृद्दी भइ २८ लाख २१ हजार रूपैया रहनुको साथै यस आ.व.मा १ लाख ३५ हजार ५ सय ३ रूपैया खुद नाफा भएको बताउनु भयो ।

साथसाथै प्रमुख अतिथि वडा अध्यक्ष स्टालिन श्रेष्ठका भनाइ अनूरूप “सहकारी मर्जले साझा स्रोत र साधनहरूको अधिकतम उपयोग गर्न मद्दत पुर्याउँछ, जसले विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने यसलाई आर्थिक स्थिरता र समुदायको समृद्धिका लागि महत्त्वपूर्ण भुमिका मान्दै सहकारीहरूबीचको पारस्परिक सहकार्यलाई जोड दिएका छन् । र सहकारीहरूको मर्जलाई प्रोत्साहित गरेर दिगो विकासको लक्ष्य हासिल गर्न, प्राविधिक र वित्तीय सक्षमता बढाउन मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search