Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

Advertisement

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक।

महेन्द्र श्रेष्ठ

दोलखा / नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को पावन अवसरमा दोलखामा परम्परादेखि सञ्चालन हुँदै आएका विभिन्न धार्मिक अनुष्ठान, पूजा तथा सांस्कृतिक गतिविधिका साइत सार्वजनिक गरिएको छ।

बडादशैंका अवसरमा गरिने नित्य पूजा, जमरा राख्ने, गणेश मन्दिरमा बलिपूजा, नवरात्रिका विभिन्न पूजा, फूलपाती प्रवेश, महानवमी गणेश पूजा, भीमेश्वर पूजा, कालरात्रि विसर्जन पूजा, चालम पूजा, सरकारी टिकाको साइत तथा बहुरा जानेलगायतका कार्यक्रमको मिति र समय सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको विवरणअनुसार, दोलखाका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा परम्पराअनुसार पूजा तथा अनुष्ठान सञ्चालन हुनेछन्। ती कार्यक्रमले जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई निरन्तरता दिन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायले बडादशैंको पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सार्वजनिक गरिएका शुभसाइतअनुसार आ–आफ्नो जिम्मेवारीमा रहेका कार्यहरू सम्पन्न गर्न सरोकारवाला महानुभावहरूलाई अनुरोध गरेको छ।

त्यसैगरी, फूलपाती स्थापना तथा प्रवेशसम्बन्धी कार्यक्रममा सहभागी भई धार्मिक परम्पराको संरक्षण र निरन्तरतामा योगदान पुर्‍याउन सम्पूर्ण भक्तजनमा आग्रह गरिएको छ।

बडादशैं नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। यस अवसरमा दोलखाका विभिन्न मठमन्दिरमा विशेष पूजा तथा धार्मिक गतिविधि सञ्चालन हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडाद...
वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग ।

वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दो...
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search