Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखाले गुमायो एक साहसी हिमाल आरोही

Advertisement

दोलखाले गुमायो एक साहसी हिमाल आरोही

महेन्द्र श्रेष्ठ
दोलखा

दोलखा जिल्लाले आफ्नो एक साहसी, अनुभवी र प्रेरणादायी हिमाल आरोही गुमाएको छ। गौरीशंकर गाउँपालिका–९, बेदिङ निवासी, माउन्ट एभरेस्ट समिटर्स क्लबका सदस्य तथा ख्यातिप्राप्त हिमाल आरोही किलु पेम्बा शेर्पा (४५) को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा भएको असामयिक निधनको खबरले समग्र दोलखा जिल्ला शोकमा डुबेको छ।

हिमालसँग संघर्ष गर्दै अनेकौँ चुनौतीलाई साहसपूर्वक पार गरेका किलु पेम्बा शेर्पा अब सम्झनामा मात्र सीमित भएका छन्। उहाँको निधनले केवल एक परिवारले आफ्नो प्रिय सदस्य मात्र गुमाएको छैन, दोलखाले आफ्नो एक निडर पर्वतारोही, शेर्पा समुदायले एक गौरवपूर्ण व्यक्तित्व र नेपालले एक साहसी हिमाल आरोही गुमाएको छ।

उहाँले हिमाल आरोहणको क्षेत्रमा पुर्‍याउनुभएको योगदान, देखाउनुभएको साहस र आगामी पुस्तालाई दिएको प्रेरणा सदैव स्मरणीय रहनेछ। जोखिमलाई अवसरमा बदल्ने उहाँको आत्मविश्वास र हिमालप्रतिको समर्पणले धेरै युवालाई नयाँ सपना देखाएको थियो।

आज बेदिङ गाउँ मात्र होइन, समग्र दोलखा जिल्ला शोकाकुल बनेको छ। उहाँसँग बिताएका सम्झना, उहाँको मुस्कान र साहसका कथा अब सबैका मनमा अमिट छाप बनेर रहनेछन्।

दिवंगत किलु पेम्बा शेर्पाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोकसन्तप्त परिवार, आफन्तजन, साथीभाइ तथा सम्पूर्ण शेर्पा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

“हिमालको शिखर जित्न हिँडेको एक साहसी योद्धा आज हामीमाझ नभए पनि, उहाँले छोडेर जानुभएको साहस, समर्पण र प्रेरणाको उचाइ सधैँ जीवित रहनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search