शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

उपचुनावको परिणाम र शिक्षा

Advertisement

-महेन्द्र श्रेष्ठ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत

उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको  परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ ।
उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए ।  त्यसपछि दोश्रोमा नेकपा(माओवादी केन्द्र) ले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए । नेकपा(एमाले)ले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्दछ ।

चुनावी परिणामका हिसावले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले उसले २ अध्यक्ष र ३ उपप्रमुख/उपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ । नेकपा(माओवादी केन्द्रले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेकां संगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यद्यपी कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।
जहाँसम्म नेकपा(एमाले)को परिणामको विषय छ विगतमा जितेका ७ वडाध्यक्षका ठाउमा उसले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको छ । गुमेको २ वडाध्यक्षका ठाउमा १ अध्यक्ष र २ उपाध्यक्ष सहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा(एमाले)का लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।

तर नेकपा (एमाले)का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाण्डौमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।

यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ । नेकपा(एमाले) विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो ।साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखियो । जसपाले आफुले जितेको गुमायो । नयाँ ठाउमा चुनाव जित्यो । स्वतन्त्रले जितेको ठाउमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउमा स्वतन्त्रले जितेको देखियो । यसवाट जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको/गरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।

श्रोत
नेकपा एमालेका महासचिव शंकर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search