Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार

Advertisement

तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार

महेन्द्र श्रेष्ठ

तामाकोसी नदीको बीच भागमा फसेका २३ वर्षीय अभियान थामीको रातारात उद्धार

सिंगटी, दोलखा । तामाकोसी नदीको बीच भागमा अलपत्र परेका कालिञ्चोक गाउँपालिका–४ का २३ वर्षीय अभियान थामीको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

बिहीबार साँझ माछा मारेर घर फर्किने क्रममा नदीको बहाव बढेपछि थामी तामाकोसीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. १८ गुल्म, मनसुन प्रतिकार्य बेस सिंगटी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो।

रातिको समयमा नदीको बहाव तीव्र रहे पनि सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार अभियान सञ्चालन गरेका थिए। संयुक्त टोलीको निरन्तर प्रयासपछि राति करिब १०ः५० बजे थामीलाई सकुशल उद्धार गरिएको हो।

उद्धारपछि उनलाई सुरक्षित स्थानमा ल्याइएको छ। सुरक्षाकर्मीको समयमै भएको सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ।

वर्षायाममा तामाकोसीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले स्थानीयवासीलाई नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद...
महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search