दोलखाको पर्यटन उजागर गर्न प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक : अध्यक्ष श्रेष्ठ चरिकोट, दोलखा । दोलखाको पर्यटन सम्भावनालाई प्रदेश तथा राष्ट्रियस्तरमा थप परिचित गराउँदै पर्यटन व्यवसायलाई गति दिन प्रदेशस्तरीय पर्यटन सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले जिल्लाको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र, स्थानीय तह र पर्यटन व्यवसायीबीच साझा योजना र सहकार्य आवश्यक रहेको बताएका छन्। दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त जिल्ला भए पनि उपलब्ध अवसरलाई व्यवस्थित रूपमा प्रवर्द्धन र बजारीकरण गर्न अझै धेरै काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। उनका…
तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार महेन्द्र श्रेष्ठ तामाकोसी नदीको बीच भागमा फसेका २३ वर्षीय अभियान थामीको रातारात उद्धार सिंगटी, दोलखा । तामाकोसी नदीको बीच भागमा अलपत्र परेका कालिञ्चोक गाउँपालिका–४ का २३ वर्षीय अभियान थामीको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बिहीबार साँझ माछा मारेर घर फर्किने क्रममा नदीको बहाव बढेपछि थामी तामाकोसीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. १८ गुल्म, मनसुन प्रतिकार्य बेस सिंगटी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो। रातिको समयमा नदीको बहाव तीव्र रहे पनि…
