Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न।

Advertisement

पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न।
महेन्द्र श्रेष्ठ

दोलखा, २५ भदौ । भीमेश्वर नगरपालिका–२, पाखल्तीमा जीवन विज्ञान परिषद्बाट सञ्चालित पाखल्ती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानको सभापतित्व तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा सहभागीहरूलाई कल्याणमित्र सपना श्रेष्ठले स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो। स्थापना दिवसको अवसरमा प्रयोगशालाका सचिव अजय प्रधानले वार्षिक सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष बिनु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

स्थापना दिवसकै अवसरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिताबीच प्रशिक्षक बिनु श्रेष्ठको सहजीकरणमा ‘स्वजागरण कार्यक्रम’ समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले योग, ध्यान तथा आत्मपरिवर्तनका माध्यमबाट सकारात्मक जीवनशैली विकास गर्ने विषयमा जानकारी प्राप्त गरेका थिए।

शुभकामना मन्तव्य व्यक्त गर्दै जीवन विज्ञान परिषद् दोलखाका जिल्ला संयोजक सुरेशचन्द्र खड्काले पाखल्ती जीवन योग प्रयोगशालाले चार वर्षको अवधिमा स्वास्थ्य, योग, ध्यान र सकारात्मक सोचको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले सानो कोठाबाट सुरु भएको पाखल्ती जीवन योग प्रयोगशाला आजको अवस्थामा विस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले योग तथा ध्यानमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन प्रयोगशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

प्रमुख अतिथि उपप्रमुख कमला बस्नेतले नगरवासीको शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा जीवन योग प्रयोगशालाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक र स्वास्थ्यप्रवर्द्धक गतिविधिलाई नगरपालिकाबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चौथो स्थापना दिवसमा पाखल्ती जीवन योग प्रयोगशालासँगै गौरीशंकर जीवन विज्ञान प्रयोगशाला, राजकुलेश्वर जीवन विज्ञान प्रयोगशाला, चरिकोट जीवन विज्ञान प्रयोगशाला र तिखातल जीवन विज्ञान प्रयोगशालाका प्रशिक्षक तथा साधकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

विभिन्न जीवन विज्ञान प्रयोगशालाबाट सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य र उल्लासमय बनाएको थियो। सहभागीहरूले योग, ध्यान, स्वजागरण र सकारात्मक जीवनशैलीलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

चार वर्षअघि सानो प्रयासबाट सुरु भएको पाखल्ती जीवन योग प्रयोगशाला अहिले योग, ध्यान र आत्मजागरणको माध्यमबाट नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने साझा अभियानका रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search