Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध

Advertisement

हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध

दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ।

श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो।

समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको धार्मिक मर्यादा र परम्परालाई सम्मान गर्दै उक्त दिन यस्ता सामग्री प्रयोग नगर्न सबै भक्तजनमा अनुरोध गरिएको छ।

समितिले मन्दिर दर्शन तथा पूजा–आराधनाका लागि आउने भक्तजनलाई धार्मिक आस्था र अनुशासन कायम राख्न, मन्दिर परिसरको पवित्रता संरक्षण गर्न तथा समितिको निर्णयलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

यस अवसरमा भीमेश्वर मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई सात्त्विक पूजा–आराधना गर्न तथा मन्दिर व्यवस्थापन समितिले जारी गरेको सूचनाको सम्मान गर्न समितिले अनुरोध गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search