आज हरिशयनी (तुलसी रोप्ने) एकादशी: घर–घरमा तुलसीको मठ सारिँदै, चतुर्मास व्रत आरम्भ, भीमेश्वर मन्दिरमा ब्रतालुको घुइँचो महेन्द्र श्रेष्ठ दोलखा। आज श्रावण शुक्ल एकादशी अर्थात् हरिशयनी (तुलसी रोप्ने) एकादशी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। सनातन हिन्दू परम्पराअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यससँगै चार महिनासम्म चल्ने चतुर्मास व्रत पनि आजबाट औपचारिक रूपमा आरम्भ भएको छ। हरिशयनी एकादशीका अवसरमा घर–घरमा तुलसीको मठ सार्ने, नयाँ तुलसी रोप्ने, व्रत बस्ने तथा भगवान् विष्णुको पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन तुलसी रोप्दा घरमा सुख, शान्ति र समृद्धि आउने धार्मिक जनविश्वास छ। ऐतिहासिक तथा धार्मिक…
हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ। श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो। समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको…
