Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

Advertisement

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

महेन्द्र श्रेष्ठ
दोलखा।

दोलखाको / चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय पुग्ने मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा दैनिक आवतजावत गर्ने सेवाग्राही, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।

स्थानीयका अनुसार सामान्य वर्षा हुनासाथ सडक हिलाम्मे र जलमग्न हुने तथा घाम लाग्नेबित्तिकै धुलाम्मे बन्ने समस्या करिब एक दशकदेखि दोहोरिँदै आएको छ। जिल्लाकै प्रमुख प्रशासनिक तथा सार्वजनिक सेवा केन्द्रसम्म पुग्ने सडकको यस्तो अवस्था हुँदा सम्बन्धित निकायप्रति स्थानीयले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

यसै सडकमार्फत भीमेश्वर नगरपालिका, पशुपति चौलागाईं स्मृति अस्पताल, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, नापी कार्यालय तथा गौरीशंकर बहुमुखी क्याम्पसलगायतका महत्वपूर्ण सरकारी तथा शैक्षिक संस्थामा दैनिक सयौं नागरिकको आवतजावत हुने गर्दछ।

स्थानीयवासीको भनाइमा जिल्लाको केन्द्रमै रहेको सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको सडक वर्षौंदेखि सुधार हुन नसक्नु विकास निर्माणप्रतिको सरकारी प्राथमिकतामाथि नै प्रश्न उठाउने विषय बनेको छ। दुर्गम बस्तीको विकासको चर्चा गर्ने निकायले आफ्नै कार्यालय पुग्ने मुख्य सडकको अवस्था सुधार गर्न नसक्नु विडम्बनापूर्ण रहेको उनीहरूको गुनासो छ।

स्थानीयले विकासका ठूला–ठूला भाषण गर्ने जनप्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीलाई महँगा सवारी साधनबाट होइन, यही सडकमा पैदल हिँडेर नागरिकको पीडा अनुभूति गर्नसमेत चुनौती दिएका छन्। कर संकलनमा सक्रिय हुने तर आधारभूत पूर्वाधार निर्माणमा वर्षौंदेखि बेवास्ता गरिनु जनउत्तरदायी शासन व्यवस्थासँग मेल नखाने उनीहरूको टिप्पणी छ।

स्थानीयले उक्त सडकको तत्काल मर्मत गरी दीर्घकालीन रूपमा स्तरोन्नति गर्न माग गरेका छन्। सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष सम्बन्धित यस सडकप्रति सम्बन्धित निकायले अब पनि चासो नदिए जनताले उचित समयमा लोकतान्त्रिक रूपमा आफ्नो आवाज उठाउने चेतावनीसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search