Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

Advertisement

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

दोलखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको ९औँ पूर्ण बैठक संगठनका आगामी गतिविधि र महिला सशक्तीकरणका महत्वपूर्ण विषयमा छलफल गर्दै सम्पन्न भएको छ।

अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्यहरू उर्मिला थामी, शान्तिकुमारी तामाङ र कालिका पाठकको विशेष उपस्थिति रहेको थियो।

बैठकमा बागमती प्रदेश सचिवालय सदस्य गोमा केसी र मैना नेपाली, नेकपा (एमाले) दोलखाकी उपसचिव तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, अनेमसंघ पूर्व बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का, जिल्ला सल्लाहकार कमिटी सदस्य गायत्री आचार्य, पार्वती कार्कीलगायतको सहभागिता रहेको थियो।

बैठकले अनेमसंघको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, महिलाको राजनीतिक तथा सामाजिक सहभागिता बढाउने र महिला अधिकारका सवाललाई सशक्त रूपमा उठाउने विषयमा छलफल गरेको छ।

महिला नेतृत्व विकास, समान अवसर, सहभागिता र सशक्तीकरणलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ व्यवस्थित, गतिशील र जनमुखी बनाउने निष्कर्षसहित बैठक सम्पन्न भएको अनेमसंघ दोलखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search