Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भिम माध्यमिक विद्यालय मा उत्कृष्ट एसईई नतिजा, दुई विद्यार्थीले ल्याए A+

Advertisement

भिम माध्यमिक विद्यालय मा उत्कृष्ट एसईई नतिजा, दुई विद्यार्थीले ल्याए A+

महेन्द्र श्रेष्ठ

दोलखा ।

अभयपुर शहर, दोलखामा रहेको जिल्लाकै दोस्रो पुरानो शैक्षिक संस्था भिम माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले दुई जना विद्यार्थीलाई A+ ग्रेडसहित समग्रमा ८४.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो।

विद्यालयको यस उपलब्धिप्रति शिक्षक, अभिभावक तथा स्थानीय समुदायले खुशी व्यक्त गरेका छन्। गुणस्तरीय शिक्षामा निरन्तर जोड दिँदै आएको विद्यालयले सीमित स्रोत–साधनका बीच पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यार्थीहरूको नियमित अध्ययन, अतिरिक्त कक्षा सञ्चालन, शिक्षकहरूको मेहनत तथा अभिभावकसँगको सहकार्यका कारण सकारात्मक नतिजा प्राप्त भएको हो। A+ ल्याउने विद्यार्थीहरूले विद्यालयको गौरव बढाउनुका साथै अन्य विद्यार्थीलाई पनि प्रेरणा दिएका छन्।

दोलखाको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएको भिम माध्यमिक विद्यालय ले विगतदेखि नै शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय भूमिका खेल्दै आएको छ। यस वर्षको नतिजाले विद्यालयप्रतिको विश्वास अझ मजबुत बनेको स्थानीयवासीहरूको भनाइ छ।

विद्यालय परिवारले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै जिल्लामै नमुना विद्यालयका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग

महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग। सिन्धुली । संवाददाता — महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र ...
२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा

२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा। नगरकोट / नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गतको जनसंगठन समन...
अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड।

अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड। दोलखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको ९औँ ...
सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल

सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल। दोलखा । भीमेश्वर नगरपालिका–२ मा सहकारी क्षेत्रका समस्या, चुनौती तथा ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search