Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल

Advertisement

भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल

दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा अनुभवी र सक्रिय टोली

 मैदानमा

महेन्द्र श्रेष्ठ

दोलखा, चरिकोट ।

दोलखा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि दिनेश पाठक नेतृत्वको प्यानलसहित विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन उप–समितिले दाबी–विरोधमाथिको छलफल तथा निर्णयपछि अन्तिम उम्मेदवार सूची प्रकाशन गरेको जनाएको हो।

अध्यक्ष पदमा व्यवसायी दिनेश पाठकले उम्मेदवारी दिएका छन् भने उहाँसँग प्रतिस्पर्धामा सन्तन थापा रहेका छन्। व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा जिल्लाको व्यापार–व्यवसाय प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउँदै पाठक नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएको छ।

दिनेश पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिवमा राजन थापा, सचिवमा हिमाल प्रसाद न्यौपाने तथा कोषाध्यक्षमा चन्द्र बहादुर तमाङ उम्मेदवार रहेका छन्।

त्यसैगरी दलित सदस्यमा हरिकृष्ण नेपाली, महिला सदस्यमा लक्ष्मी बस्नेत चौलागाईं, शाखा सदस्यहरूमा माघा देउरालीबाट भक्क बहादुर श्रेष्ठ, सिँगटीबाट हिरो मित्रकोटी तथा मैनापोखरीबाट राजन कुमार दाहाल उम्मेदवार बनेका छन्। एसोसियट सदस्यमा पुष्पोत्तम बुढाथोकी तथा खुला सदस्यहरूमा गम्भीर श्रेष्ठ र बासु कुमार थापा उम्मेदवार रहेका छन्।

संघलाई थप चलायमान बनाउने, व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने तथा जिल्लाको आर्थिक गतिविधिलाई सशक्त बनाउने प्रतिबद्धतासहित दिनेश पाठक प्यानल चुनावी अभियानमा सक्रिय बनेको छ।

 जिल्लाका व्यवसायीहरूबीच पनि पाठक नेतृत्वको टोलीप्रति सकारात्मक चर्चा बढ्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search