Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता।

Advertisement

अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता।

दोलखा / सडक डिभिजन कार्यालयको आयोजनामा अभयपुर बजार क्षेत्रमा वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै दोस्रो ठूलो शैक्षिक संस्था भीम माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

“दोलखा हाम्रो रहर, स्वच्छ, सफा र सुन्दर शहर” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। विद्यार्थीहरूले बजार क्षेत्र, सडक किनारा तथा सार्वजनिक स्थलमा छरिएका फोहोर संकलन गर्दै सरसफाइप्रति जनचेतना फैलाउने कार्य गरेका थिए।

कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह भएको आयोजकले जनाएको छ। यस्ता अभियानले बजार क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सहयोग पुग्नुका साथै समुदायमा सरसफाइ संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सहभागीहरूले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search